Home » देश » भिभिआइपीको सुरक्षामा नेपाली सेना सक्षम छ : प्रधानसेनापति क्षत्री

भिभिआइपीको सुरक्षामा नेपाली सेना सक्षम छ : प्रधानसेनापति क्षत्री

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

भारतका राष्ट्रपति प्रणव मुखर्जीको औपचारिक राजकीय भ्रमण हालै सम्पन्न भएको छ । भ्रमणमा सुरक्षाको जिम्मा लिएको नेपाली सेनाका सेनापति महारथी राजेन्द्र क्षत्रीसँग भ्रमणमा गरेको सुरक्षा व्यवस्था र कमी कमजोरीका बिषयमा केन्द्रीत रहेर देशकोन्युज डट कमका विशेष प्रतिनिधिले गरेको कुराकानीको संपादित अंश ।

भारतका राष्ट्रपति प्रणव मुखर्जीको भ्रमण नेपालमा भरखर सम्पन्न भयो, भ्रमणको सुरक्षा व्यवस्थापन कसरी गर्नु भयो ? मुख्य जिम्मेवारी लिनु भएको थियो ?

army-chief-rajendra-chhetri-jpgयो मुख्यतया लामो अन्तरालपछि भएको हेड अफ द स्टेट लेवलको स्टेट भिजट हो । अब गृहमन्त्रालयको तत्ववाधानमा भएको निर्णयअनुसार पं्रधानमन्त्री ज्यूको अध्यक्षतामा भएको एक बैठकले नेपाली सेनाको नृेतृत्वमा सुरक्षा दिने निर्णय भएको थियो । उहाँ आएपछि फकँदासम्म सबै सुरक्षा दिन सुरक्षा योजना बनेको थियो ।

हाम्रा बलाधिकृत रथीको संयोजकत्वमा एउटा समिति बनेको थियो । त्यसमा सबै सुरक्षा भनांै न कार्याक्रम स्थल, प्रयोग गर्नै बाटो, एयरसपोर्ट, उहाँले प्रयोग गरेका बिमान सबै क्षेत्र कभर हुने गरी सुरक्षा योजना बनेको थियो । त्यसैअनुसार हामीले सुरक्षा प्रदान गरेका थियौं ।

काठमाडाैं बाहिर पनि भ्रमएको थियो, यसले नेपालका सबै क्षेत्र सुरक्षित छन् भन्ने पुष्टि भयो ?

भयो भन्नु पर्छ । हामीले आंकलन गरेअनुसार उहाँमाथि धेरै सुुरक्षा चुनौति थिए । ती सुरक्षा चुनौतिलाई ध्यानमा दिएर नै सुरक्षा योजना बनाएको हो । उहाँको बिगतको भूमिकाअनुसार भारतमा पनि उहाँलाई सुरक्षा चुनौति थियो ।

भारतमा पनि उहाँलाई ठूलो सुरक्षा दिएको थियो, भन्ने हामीलाई जानकारी थियो । पहिला मन्त्री हुँदा पनि र राष्ट्रपति हँुदा पनि । त्यसको आंकलन गरेर पनि हामीले सुरक्षा दिनु परेको थियो । त्यसैले पनि उहाँलाई हामीले व्यवस्थित रुपले सुरक्षा दिनु परेको थियो । र, दियौं ।

भारत बिश्वमा उदयीमान शक्तिका रुपमा उदाउँदो देश हो, त्यसका राष्ट्र प्रमुखलाई सुरक्षा चुनौति छ नै । के चुनौति थियो र कसरी सुरक्षा दिनु भयो ?

उहाँमाथि बाह्य किसिमका सुरक्षा चुनौति पनि थिए । बिभिन्न प्रकारका फण्डामेन्टालिक ग्रुपहरु, बिभिन्न किसिमका समूहरु भनौ न । कास्मिरको घटनापछि पनि थ्रेट छ भन्ने हामीले बुभेका थियौ । सानै तहमा भएपनि उपस्थिति देखाउन पनि थ्रेट हुन्सक्छ भन्ने थियो । आतंककारी समूह र बिभिन्न प्रकारका मुस्लिम समहूहरुको थ्रेट थियो ।

हामीले ती सबै आंकलन गरेका थियांै । बिभिन्न समुदायले नेपाल भारत सम्वन्धलाई लिएर टिकाटिप्पर्णी भइरहेको समयमा हामीले बाह्य र आन्तरिक सुरक्षा चुनौति हेरेर नै सुरक्षा व्यवस्था मिलाएका थियौं । भारतको कास्मिरमा भएको घटनाक्रमले पनि थ्रेट छ भन्ने आंकलन गरेका थियौं ।

कास्मिरको बिषयमा पनि असमभसदारी छ, त्यस घटनाले पनि सुरक्षा चुनौती बढेको थियो, त्यसले पनि सुरक्षा थ्रेट बढेको हो ?

कास्मिरमा पछिल्लो जुन घटना छ त्यसमा घुसपैठ भयो भन्ने भारतको बकुझाइ छ । र नेपाल भारत खुला सीमाका कारणले पनि घुसपैठ हुनसक्ने चुनौति थिए ।

अब जस्तासुकै देशका भिआइपी आएपनि नेपाली सेनाले सुरक्षा दिन सकिन्छ ?

नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान बिभाग मिलाएर एकीकृत सुरक्षा योजना बनेको थियो । यसरी ज्वाइण्ट रुपमा कामगर्दा सफल हुइन्छ भन्ने हाम्रो बिश्वास थियो । र सफल भयौं पनि ।

मैले भनेजस्तै उच्च स्तरीय समिति बलाधिकृत रथीको संयोजकत्वमा प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान बिभाग तथा गृह र रक्षा मन्त्रालयको पनि उपस्थिति थियो । उहाँहरुले पनि समन्वयात्मक भूमिका खेल्नु भएको थियो । अनि, अब टाक्स रुमको रुपमा उपसमितिहरु बनेका थिए ।

मेन अति विशिष्ट सुरक्षा भन्ने बल छ हाम्रो सेनामा । त्यो बलले स्व्देशभित्र पनि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीहरुको सुरक्षा पनि हेर्छ । बल आधुनिक तालिम प्राप्त र आधुनिक हतियारले सुसज्जित छ । त्यसले भिभिआइपीको सुरक्षा गर्छ ।

यता ट्राफिक प्रहरीले पनि यातायात व्यवस्थापनमा राम्रो काम ग¥यो । अनि राअबीले सूचना संकलन गर्ने काम ग¥यो । बलाधिकृत रथीको कमाण्डमा सेनाभित्रै एक कक्ष राखेर सबैसँग समन्वय गरिएको थियो ।

भिभिआइपी सुरक्षाका लागि पर्याप्त तालिमप्राप्त जनशक्ति र श्रोतसाधन छन् कि छैनन् ?

हामी हामीसँग आवश्यक उपकरण छन् । तर, यस पटक हामीसँग बुलेटपु्रफ गाडीको अभाव देखियो । सम्बन्धित निकायसँग समन्वय गरेका थियौं । तर, त्यो आजको भोलि नै आउने पनि होइन । सेनासँग एउटा, प्रहरीसँग एउटा बुलेटप्रुफ गाडी छन् ।

तीन ठाउँमा कार्यक्रम भएकोले हामीसँग नपुगेर उहाँहरुले ल्याउनु भएको बुलेटप्रुफ गाडी नै प्रयोग गर्नु परेको हो । हामीसँग जामरदेखि लिएर अन्य आवश्यक इक्युप्मेण्ट छन् । हामी यस्ता भिभिआइपी भ्रमण गराउन सक्षम छांै भन्ने भारतीय राष्ट्रपतिको भ्रमणबाट पुष्टि हुन्छ ।

भारतबाट पनि सुरक्षाकर्मी आएका थिए हैन र ?

आएका थिए । उहाँसँग सुरक्षाकर्मी आउनु स्वाभाविकै हो । तर, सुरक्षा जिम्मा हाम्रो नै थियो ।

उहाँहरुको जिम्मा के हुन्छ ?

उहाँहरुले समन्वयकारी भूमिका खेल्नु हुन्छ । हामीसँग मिलेर काम गर्नुहुन्छ । कारगेटमा अगुवापछुवा हामी नै थियो । हाम्रो पछि बसेर उहाँहरुले काम गर्नु भएको थियो ।

एयरपोर्टबाट नेपाल र भारतका राष्ट्रपति एउटै गाडीमा जानु भयो, यसको मतलव भारत नेपालको सुरक्षा व्यवस्थामा विश्वस्त हुनु हो ?

हाम्रो सुरक्षामा भारत विश्वस्त छ भन्ने देखाउँछ यसले । केही साताअघि भारतबाट रेकी टिम आएको थियो । परराष्ट, प्रहरी हामीसँग मिसिएर रेकि पनि गरेको थियो । जुनजुन स्थानमा कार्यक्रम हुन्छ, बस्ने स्थानदेखि आवतजावत गर्ने सडकसम्मको रेकी गरेका थियौं ।

अन्त्यमा के कस्ता कमजोरी रहे यो भ्रमणमा ?

हामीसँग बुलेटप्रफ गाडीको कमी देखिएको छ, मेरो बिचारमा अब एड्रेस हुन्छ भन्ने छ । ट्राफिक व्यवस्थापनमा केही समस्या भए । सायद विदा दिएको पनि टाफिकलाई सहज होस् भनेर हुन सक्छ । उच्च सुरक्षा प्रदान गर्न गहृ, रक्षा र परराष्ट मन्त्रालयबीच राम्रो समन्वय भयो र भएको छ भने सजिलै व्यवस्थापन गर्न सकिन्छ भन्ने पाठ सिकियो ।
मैले कहाँ कमजोरी भयो, कहाँ राम्रो भयो त्यसको बिषयमा अध्ययन गर्न भनेको छु । त्यसले पनि हाम्रो कमी कमजोरी र राम्रो पक्षको विषयमा जानकारी हुन्छ ।

भनेपछि नेपाली सेनाको नेतृत्वमा सुरक्षा व्यवस्था सफल भयो हैन ?

हो, भयो । र यसमा हामी गर्व गछौं ।

तपाईको कार्यकाल १ वर्ष पुगिसक्यो, अब के योजना छन्, नेपाली सेनाको स्तरोन्नतिका लागि ?

म प्रधानसेनापति भएपछि मैले १० वटा लक्ष नै तय गरेर अघि बढेको छु । तीमध्ये केही पुरा पनि भएका छन् । एक त सेनाको संरचनालाई चुस्त र देशको आवश्यकता र मागअनुसार भौगोलिक अवस्थाअनुसार चल्नु पर्छ । अहिले पहिलो तहमा सेनाको ढाँचालाई चुस्त बनाउने र त्यसपछि पुनर्सरचनामा आधार तय गर्ने । पहिला ५ बिकास क्षेत्र थिए, अब ७ प्रान्त हुँदैछन् ।

तालिमको माध्यमबाट सेनालाई थप व्यवथित गर्ने, आधुनिक हातहतियारको व्यवस्थापन, वेलफिेयर, बासस्थान व्यवस्था गर्दै आत्मनिर्भरता बन्ने छ । स्व्देशमै उत्पादनमुखी काम गर्नसकिन्छ कि भनेर अघि बढ्दै छौं । आयमूलक क्षेत्रमा लगानी गर्ने विषयमा पनि अध्ययन भइरहेको छ ।

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया