जहाँ महिलाको दास भएर जीवन जिउछन् पुरुष

एजेन्सी ।
विश्वका जुनसुकै देशमा भए पनि प्राय गरेर पुरुषले महिलामाथि शासन गर्छन् ।

महिलाहरु शारीरिक रुपमा कमजोर हुने भएकाले पनि पुरुषहरुले महिलामाथि शासन गर्ने गरेको भन्ने भनाई पनि छन् ।

तर यहि विश्वमा एउटा यस्तो देश पनि छ, जहाँ महिलाहरुले पुरुषहरुमाथि शासन गर्छन् ।

पुरुषहरु महिलाका अगाडि दास जस्तै जीवन जिउन बाध्य छन् । पुरुषहरु जीवनभर महिलाको गुलाम भएर बाँच्न बाध्य छन् ।

यसरी पुरुषलाई दास बनाइने देशको नाम ‘अदर वल्र्ड किंगडम’ हो। सो देश सन् १९९६ मा चेक रिपब्लिकबाट बनेको हो । यद्यपि सो देशले अहिलेसम्म स्वतन्त्र राष्ट्रको मान्यता भने पाएको छैन ।
सो देशमा अहिले रानी प्याट्रिसिया प्रथमको एकछत्र शासन छ । उनको अनुमति र चाहनाबिना सो देशमा केही काम पनि सम्भव छैन र हुँदैन पनि।

महिलाको अनुमति विना पुरुषहरुले कुनै पनि काम गर्न पाउँदैनन् । कानून पालना नगर्ने पुरुषहरुलाई सख्त सजायँ गरिन्छ ।

त्यहाँ महिलालाई एक नम्बर नागरिकको दर्जा दिइएको छ । पुरुषहरु त केवल महिलाका दास हुन्छन् ।

प्रतिक्रियाहरु