Home » मुख्य समाचार » आफ्नै ज्वाईंलाई वरिष्ठ सल्लाहकारमा नियुक्त गर्ने योजना

आफ्नै ज्वाईंलाई वरिष्ठ सल्लाहकारमा नियुक्त गर्ने योजना

एजेन्सी, पुस २६

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै ज्वाईंलाई ह्वाइटहाउसको वरिष्ठ सल्लाहकारमा नियुक्त गर्ने भएका छन् । राष्ट्रपतिको वरिष्ठ सल्लाहकार रहने गरी ज्वाईं जारेड कुशनरलाई नियुक्ति दिइने निर्णय ट्रम्पले गरेका हुन् ।

ससुरा ट्रम्पलाई राष्ट्रपतिमा जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका ३५ वर्षीय कुशनरले ह्वाइटहाउसमा रहेर आन्तरिक र वाह्य नीतिसम्बन्धि काम हेर्ने खबरहरुमा उल्लेख छ ।

राष्ट्रपति निर्वाचनमा ससुरा ट्रम्पलाई अर्थ संकलन गर्न कुशनरको ठूलो भूमिका थियो । आगामी दिनमा मध्य पूर्वमा व्यवसायसम्बन्धि सम्झौता गर्ने जिम्मेवारी पनि कुशनरको रहने जनाइएको छ ।

प्रतिक्रिया