कहाँ छन् बम्जन ? प्रहरीले गर्‍यो सर्कुसन


 


काठमाडौं, माघ २६
बाल यौन शोषणको आरोपमा प्रहरीमा उजुरी परेपछि फरार भएका ‘तपस्वी’ रामबहादुर बम्जन अझै पक्राउ भाएका छैनन ।

जिल्ला अदालत सर्लाहीले गत बिहीबार उनलाई पक्राउ गर्न अनुमति दिएको छ।

त्यही दिनदेखि प्रहरीले बम्जनको व्यापक खोजी गरिरहेको भए पनि अहिलेसम्म पत्ता लाग्न नसकेको सर्लाही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वमणि पोखरेलले बताए। उनले बम्जनखोजीका लागि ७७ वटै जिल्लामा प्रहरी सक्रिय भएको बताए ।

‘तपस्वी’ बम्जन सिन्धुलीमा रहेको सूचना पाएर सिन्धुली जिल्ला प्रहरी कार्यालयको टोली गत शुक्रबार बिहानै सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ८, बेसारे भन्ने ठाउँमा रहेको उनको आश्रममा पुगेको थियो। तर प्रहरी पुग्दा उनी त्यहाँ भेटिएनन्।

सोधपुछका लागि त्यहाँ रहेका एक जना गुरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। तर सोधपुछपछि त्यही दिन उनलाई छाडिएको थियो ।

सर्लाहीका एसपी पोखरेलका अनुसार नेपाल प्रहरी प्रधान कार्यालयले नै बम्जन खोजीका लागि देशका ७७ वटै जिल्लाका प्रहरीलाई सर्कुलर जारी गरेको छ।

उहाँकाअनुसार अहिले सर्लाही, बारा, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, लमजुङलगायत सम्भावित स्थानमा उनको खोजी भइरहेको छ।

प्रकाशित मिति: २६ माघ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्