Home » देश » हङकङ बस्ने पिएन क्याम्पसका पूर्व विद्यार्थीले गरे लालबाबु पण्डितलाई सहयोग

हङकङ बस्ने पिएन क्याम्पसका पूर्व विद्यार्थीले गरे लालबाबु पण्डितलाई सहयोग

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

काठमाडौं, मंसिर ४

पूर्वमन्त्री तथा एमाले नेता लालबाबु पण्डितको चुनावी खर्च जुटाउने विभिन्न देशमा अभियान नै चलेको छ। मोरङ क्षेत्र नं ६ बाट प्रतिनिधीसभामा उम्मेदवार बनेका  पण्डितलाई स्वदेशमा मात्रै होइन बिदेशमा पनि ठुलै सहानुभूति र सहयोग अभियान चलिरहेको छ ।

तीनै सादगी नेता पण्डितका लागि हङकङमा  बस्ने नेपालीहरुले पनि सहयोग जुटाउन सुरु गरेका छन् । पोखराको पृथ्वीनारायण  क्याम्पस अध्ययन गरेर  हाल हङकङ बस्दै आएका पूर्व  विद्यार्थीहरुको समुहले समेत पण्डितलाई सहयोग जुटाएर पठाएका छन् ।

पिएन क्याम्पसका पूर्व स्वियू कोषाध्यक्ष बिरोध विक्रम गुरुङका अनुसार आज मात्रै पण्डितका लागि १ लाख ७८ हजार २ सय रुपैया पठाइएको छ ।

सामान्य प्रशासन मन्त्री हुँदा उनले गरेका काम निकै राम्रो भएका कारण पनि उनी चर्चित छन् ।  लालबाबुले चुनाव जित्दा सिंगो देश र जनतले चुनाव जित्छन भनेर सहयोग अभियान चलाएको गुरुङले हङ्कङबाट जानकारी दिए ।

‘एउटा देशले खोजेको सादगी नेतालाई आफ्नो भूगोल र समुदाय भन्दा पनि पर राखेर पनि सहयोग गर्नुपर्छ भनेर सहयोग गरेका छौ,’ उनले भने ‘स्वच्छ छविका ब्यक्तिका लागि भूगोल र समुदायको दायराबाट माथि उठेर सहयोग अभियान चलेको छ । त्यो अभियानलाई हामीले पनि साथ दिएका हौं ।’ पण्डित कांग्रेस नेता डा. शेखर कोइराला चुनाबी प्रतिस्पर्धामा छन् ।

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया