Home » साहित्य » आमा, जून र भाले

आमा, जून र भाले

Share on Facebook0Share on Google+0Tweet about this on Twitter1Share on LinkedIn0

कविता राई

कहिले
आमा भन्नुहुन्थ्यो
छिटो वुवु खा
जून झुल्किसक्छ,
कहिले
आमा भन्नुहुन्थ्यो
छिटो वुवु खा
जून अस्ताइसक्छ,
कहिले
आमा भन्नुहुन्थ्यो
छिटो वुवु खा
भाले वासिसक्छ,
मेरी आमाको न्यानो
अॅगालो खोस्ने
ए जून !
तॅ अझै छस्,
मेरी आमाको
न्यानो काख खोस्ने
तॅ भाले !
अझै वास्दैछस्,
अफशोच् !
आज मेरी आमा खोइ ?

जिजिविषाको पेचिलो समयमा
भाले नवासी उठ्ने तिमी,
जून झुल्किदा नि उठ्ने
जून अस्ताउदा पनि उठ्ने,
उठिरहने उठिरहने
आमा !
कुन फूर्सदमा गासियो ?
यति सङ्लो माया
कन्चन गङ्गा बनेर
वगिरहेछ हृदयमा
छङ्छङी ।

गरगरेमा पानीको गाग्रोसॅगै
लडेको तिम्रो निधारको खत
बाले हानेका झापडको नीलोडाम
कति राम्री थियौ तर पनि ?
रोपाईॅबाट निस्केका
हिलाम्मे तिम्रो काख
कति न्यानो हुन्थ्यो मलाई ?
गोवर गन्हाउने तिम्रो शरीरको सुगन्ध
आहा ! कति सुवासित थिए ?
अॅधेरी रातमा मुश्लीले किच्याएर बाङ्गिएका
चरचरी ठेला फुटेका तिम्रा हात
आहा ! कति सुकोमल थिए ती स्पर्श ?
विष्मृतिको रापमा
लोलाएका यी नयन
आज पग्लिन्छन् बेस्सरी
खोइ किन हो कुन्नि ?

समयले छोडेर गए
असङ्ख्य दुखका
रापिलो उच्छवास् !
दुख्छन् कहिलेकाहिॅ
समयका तिनै कैयौॅ घाउहरू
गन्हाउछ ह्वास्ह्वासी
सती दुर्गन्ध !
तिनै समयका
पदचापहरू पच्छ्याईरहेकी म,
वलेॅसीमा खसेका जूनका आॅशु
पिएर सम्झन्छु
आमाले भोगेका
घनघोर पाशविक जिन्दकी !
अत्यास लागेर आउछ
सयौॅ पटक मर्न मन लाग्छ
सयौॅ पटक आगो सल्काउन मन लाग्छ,
अनि चिच्याउछु
आमा ! तिम्रो माया बाॅचेको छ
जूनसॅगै भालेसॅगै ।।
भोजपुर

Share on Facebook0Share on Google+0Tweet about this on Twitter1Share on LinkedIn0

प्रतिक्रिया