Home » शिक्षा » परीक्षाफल प्रकाशित, यसरी हेर्नुहोस् तपाईको नतिजा

परीक्षाफल प्रकाशित, यसरी हेर्नुहोस् तपाईको नतिजा

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

काठमाडौँ, पुस ११
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परीक्षाफल प्रकाशित गरेको छ ।

गत जेठ महिनामा सञ्चालित कानून संकायतर्फ एलएलबी तृतीय वर्ष र व्यवस्थापन संकायतर्फको स्नातक तह तीनवर्षे बिबिएस तेस्रो वर्ष आंशिक तथा मौका परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको हो ।

परीक्षाफल www.edusanjal.com, www.educationkhabar.com, wwww.educationsansar.com र www.tu.ntc.np मा हेर्न सकिने छ ।

त्यस्तै नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरी थाहा पाउन सकिने कार्यालयले जनाएको छ ।

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया