Home » विदेश » प्रधानमन्त्रीले दिए राजीनामा

प्रधानमन्त्रीले दिए राजीनामा

Share on Facebook0Share on Google+0Tweet about this on Twitter1Share on LinkedIn0

बामाको, माली, पुस १७
मालीमा राष्ट्रपतीय निर्वाचनको तयारी हुँदै गर्दा राष्ट्रपति इब्राहिम बोउबाकर केइटाले पूरानो मन्त्रीमण्डलका ३६ सदस्यसहित नयाँ सरकारको घोषणा गर्नुभएको छ ।

मन्त्रीमण्डलले छ नयाँ अनुहार पाएको बताइएको छ । इश्लामिक जिहादी समूहको तर्फबाट खतरा महशुस गरेका केइटाले प्रधानमन्त्रीमा आफू निकट व्यक्तिलाई ल्याएका बताइएको छ ।

नयाँ प्रधानमन्त्रीमा सुमेलोउ बाउबेय माइगा चयन गरिएको छ । उहाँले रक्षामन्त्री रहेको समय सन् २०१४ मा मालीको सेनाले जिहादी विद्रोहीसँग नराम्रो पराजय ब्यहोरेपछि पदबाट राजिनामा दिनुभएको थियो ।

आइतबार घोषणा भएको मन्त्रीमण्डलमा व्यापक हेरफेर भएको बताइएको छ । मालीका प्रधानमन्त्रीबाट सुमेलोउ बाउबेय माइगाले गत शुक्रबार अनपेक्षित रूपमा राजिनामा दिनुभएको थियो ।

केही महिनापछि राष्ट्रपतिको निर्वाचन हुने तयारी भइरहेका समय प्रधानमन्त्री माइगाले कुनै कारण नखुलाई राजिनामा दिनुभएको थियो । रासस÷एएफपी

Share on Facebook0Share on Google+0Tweet about this on Twitter1Share on LinkedIn0

प्रतिक्रिया