Home » मुख्य समाचार » मंगलबार (२५ गते) निजी विद्यालय बन्द हुने

मंगलबार (२५ गते) निजी विद्यालय बन्द हुने

Share on Facebook0Share on Google+0Tweet about this on Twitter2Share on LinkedIn0

काठमाडौं, पुस २३
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालले आगामी मंगलबार देशभरिका निजी विद्यालय बन्द गर्ने भएको छ ।

प्याव्सनका पूर्वअध्यक्ष डा बाबुराम पोखरेलको निधनमा प्याब्सनको आज बसेको आकस्मिक बैठकले देशभरिका निजी विद्यालय बन्द गर्ने निर्णय गरेको प्याब्सनका महासचिव राजेन्द्र बानियाँले जानकारी दिनुभयो ।

प्याब्सनका पूर्वअध्यक्ष पोखरेलेको आज बिहान नर्भिक अस्पतालमा निधन भएको थियो ।

यसैगरी बैठकले आगामी मंगलबार, बुधबार र बिहीबार तीन दिनसम्म प्याब्सनका झण्डा झुकाउनेसमेत निर्णय गरेको उहाँले बताउनुभयो ।

पोखरेलको निधनप्रति दुःख व्यक्त गर्दै प्याब्सनले यही पुस २९ गतेसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्नेसमेत निर्णय गरेको छ ।

उहाँ मुटु रोगबाट पीडित हुनुहुन्थ्यो । प्याब्सनका सल्लाहकारसमेत रहनुभएका ६७ वर्षीय डा पोखरेलको मंगलबार नै दाहसंस्कार गरिने भएको महासचिव बानियाँले बताउनुभयो ।

विनायकसुधा (भिएस) निकेतनका संस्थापक प्रधानाध्यापकसमेत रहनुभएको थियो ।

विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उहाँ तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट समानुपातिक सभासद् रहनुभएको थियो । रासस

Share on Facebook0Share on Google+0Tweet about this on Twitter2Share on LinkedIn0

प्रतिक्रिया