Home » विचित्र दुंनिया » श्रीमतीसँग डिभोर्स नगरी छोरीसँग विवाह !

श्रीमतीसँग डिभोर्स नगरी छोरीसँग विवाह !

Share on Facebook0Share on Google+0Tweet about this on Twitter1Share on LinkedIn0

उत्तर अमेरिका
एक जना पेनिसिल्भानियाका मानिसलाई जेल पठाइएको छ । श्रीमतीसँग सम्बन्धविच्छेद नगरी आफ्नै सौतेली छोरीसँग विवाह गरेको भन्दै ती मानिसलाई जेल पठाइएको हो ।

पक्राउ पर्नेमा ४४ वर्षका क्रिष्टोफर आई. हप्टम्यान रहेका छन् । पेनलाइभका अनुसार उनलाई नर्दम्बर ल्याण्ड काउन्टी अदालतमा पेस गरिएको जनाइएको छ ।

उनले ४३ वर्षकी फ्लोरिडा बस्ने शानन डेट्रिचसँग सन् २०१५ मा विवाह गरे पनि एक वर्षपछि नै उनले डेट्रिचकी १८ वर्षीया छोरी केली डुरोभिकसँग विवाह गरेका थिए ।

पछि उनको हर्कत प्रहरीले चाल पाएपछि उनलाई जेल सजाय तोकिएको बताइएको छ । हुप्टम्यान अहिले डेट्रिचसँग सम्पर्कमा छैनन् तर उनकी छोरीसँग भने अझै सम्बन्धमा रहेको बताइएको छ ।

Share on Facebook0Share on Google+0Tweet about this on Twitter1Share on LinkedIn0

प्रतिक्रिया