Home » जिल्ला » लागुऔषधसहित सात जना पक्राउ

लागुऔषधसहित सात जना पक्राउ

झापा, पुस २८
झापामा एकैदिन लागुऔषध (ब्राउनसुगर र खैरो हिरोइन) सहित सात जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-२ निवासी २९ वर्षीय अर्जुन श्रेष्ठ र सोही नगरपालिका-१० का १८ वर्षीय मनिष खड्का, बिर्तामोड नगरपालिका-६ निवासी २४ वर्षीय अनिष भण्डारी, पाँचथरको फिदिम नगरपालिका-१ घर भई हाल बिर्तामोड-५ बस्दै आएका २८ वर्षीय रोशन न्यौपाने, बिर्तामोड नगरपालिका-६ का ३० वर्षीय रामेश्वर चौधरी, सोही नगरपालिका-३ निवासी ४८ वर्षीय प्रेम खड्का र मेची नगरपालिका-२ का २९ वर्षीय अर्जुन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुलाई पूर्वी नाका काँकडभिट्टास्थित मेची नगरपालिका-६ र १० बाट पक्राउ गरिएका उनीहरुको साथबाट ब्राउनसुगर, खैरो हिरोइनसहित डाइजापाम ५० एम्पुल, फेनारगन ५० एम्पुल, लुपिजेसिक ५० एम्पुल बरामद गरिएको प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

पक्राउ परेका सातैजनामाथि अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया