Home » साहित्य » प्यारो मान्छे

प्यारो मान्छे

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

रमा भट्टराई

मेरो मुटूमा बसेको ए प्यारो मान्छे
किन हो भन त यसरी तर्किन थालेको ?
हिजोसम्म त भथ्यौ,
मैले तिम्रो मुटूमा नछुट्ने गरि बास गरेको छु
आज के भयो हँ ?
कि त्यसै नाटक गरेको थियौ ?

हुन त यो संसार नै रंगमञ्च हो
यहाँ हरेकले आ–आफ्नो भूमिका निर्वाह गरेको हुन्छ
तिमी पनि त्यहीको एउटा पात्र न हौ
म पनि त्यही रंग मंचको एक पात्र
एउटै समयमा फरक फरक भूमिका खेल्दै छौ है ?

समय न मेरो बसमा छ,
न त तिम्रो
यहाँ हरेकको आफ्नै ढंग र आफ्नै परिबेश छ
मेरो जीवनको एक अध्याय तिमी पनि बन्यौ
म यी अध्यायहरु पल्टाउदै छु,
मैले कहाँ कहाँ चुकाए यीं अध्याय पढ्न
बुझ्न आफै अनि बुझाउन आफैलार्इ

तिमीले भन्ने हरेक शब्दले मुटू चस्स हुने गर्छ
ती बितेका हरेक समयले मुटू छियाछिया पार्छ
तिमी भन्दै थियौ मैले तिम्रो मुटूमा घर गरेको छु
तर हैन रहेछ नि है मेरो प्यारो मान्छे
जमिन जमिन नै हुन्छ
अनि आकाश आकाश नै हैन र ?

डेरा अनि घर फरक हुन् नि है ?
मैले मात्र तिम्रो मुटूमा डेरा जमाएको रहेछु
घर बनाउन नै सकेन छु
त्यसैले त तिम्रो मुटुबाट
कति छिट्टै निस्किसकेको रहेछु
तर हेरन तिम्रा हरेक शब्दले
मन मुटूमा गहिरो छाप छोडेको छ मेरो
नभुल्न सके न पाउन सके तिमीलार्इ
मेरो प्यारो मान्छे ।

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया