Home » प्रवास » मलेसियामा सुतेकै अवस्थामा नेपालीको मृत्यु

मलेसियामा सुतेकै अवस्थामा नेपालीको मृत्यु

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

दमक, माघ १८

झापा, दमक–२ का सुरेन्द्र विष्ट (फणिन्द्र) को वैदेशिक रोजगारीका सिलसिलामा मलेशियामा मृत्यु भएको छ ।

त्यहाँस्थित एयरपोर्टमा कार्यरत ३२ वर्षीय विष्टको गत माघ १३ गते सुतेको अवस्थामा मृत्यु भएको हो । सुतेको अवस्थामा मुखबाट फिँज निकालिरहेको अवस्थामा फेला परेपछि उपचारका लागि अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा विष्टको मृत्यु भएको थियो ।

तीन वर्षअघि रोजगारीका क्रममा मलेशिया पुगेका विष्टको आज शव ल्याउने तयारी भएको मृतकका पिता हरिभक्तले बताउनुभयो । रासस

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया