Home » प्रवास » एनआरएन अमेरिकाद्वारा विद्यार्थीलाई ‘युथ लिडरसीप स्कलरसीप अवार्ड’

एनआरएन अमेरिकाद्वारा विद्यार्थीलाई ‘युथ लिडरसीप स्कलरसीप अवार्ड’

Share on Facebook9Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0


अमेरिका, माघ २१
गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद (एनआरएन) अमेरिकाले अमेरिकास्थित नेपाली विद्यार्थीहरूलाई लक्षित गरी छात्रबृत्ति कार्यक्रम घोषणा गरेको छ।

नेतृत्व विकासमा सहभागी गराउनुका साथै प्रोत्साहन गर्ने उद्देश्यका साथ स्थापना गरिएको छात्रबृति कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

‘युथ लिडरशिप स्कलरशिप अवार्ड २०१८ ‘नाम दिइएको सो छात्रबृति स्नातक तहमा अध्ययनरत चार जना नेपाली विद्यार्थीलाई जनहि १ हजार अमेरिकी डलरका दरले प्रदान गरिने एनआरएन अमेरिकाका युवा संयोजक तथा छात्रबृति परियोजनाका प्रमुख स्वराज खातीले जानकारी दिए ।

युथ लिडरसीपले प्रत्येक वर्ष अमेरिकाका चार भौगोलिक क्षेत्रबाट समाजमा नेतृत्वदायी भूमिका खेलेका जेहेन्दार चार जना विद्यार्थीलाई अवार्ड दिँदै आएको छ ।

Share on Facebook9Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया