Home » जिल्ला » जहाँ भेटिँदैनन् अविवाहित युवायुवती !

जहाँ भेटिँदैनन् अविवाहित युवायुवती !

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

लम्जुङ, माघ २३
लम्जुङको सैलुङ गाउँमा अविवाहित युवायुवती भेट्न गाह्रो हुन्छ । सानै उमेर विहे भइहाल्ने र धेरै रोजगारीको सिलसिलामा गाउँ छाड्ने भएकाले युवायुवती गाउँमा नभेटिने गरेका हुन् ।

अधिकांश गुरुङ र केही मगरका गरी ३० घरधुरी रहेको सैलुङमा १६ वर्ष पुगेका अविवाहित युवायुवती भेट्न मुस्किल पर्छ । आजको नागरिकमा खबर छ ।

मालिङ गाउँपालिका २ सैलुङका रामबहादुर गुरुङ दुई छोरा र दुई छोरीका बाबु हुन् । उनकी जेठी छोरी सात कक्षामा पढदै गर्दा १४ बर्षकै उमेरमा भागेर विहे गरिन् । गुरुङको छिमेकमा विहे भोज थियो ।

भोजमा सहभागी हुन छिमेकी गाउँबाट आएको एक युवकले भोजबाटै उनलाई भगाएका थिए । गुरुङकी कान्छी छोरीले पनि ९ कक्षामा पढ्दै गर्दा भागेर बिहे गरेकी थिइन् ।

सैलुङकै ८० वर्षीया उज्याली गुरुङ १० वर्षको उमेरमा मागी बिहे गरेको बताउँछिन् । उनका ४ छोरा र २ छोरी छन् । छोरीमध्ये जेठी मनमायाको १४ वर्षको उमेरमा र कान्छी पुर्णमायाको १६ वर्षको उमेरमा विहे भएको थियो ।

उनी भन्छिन्, ‘उमेर पुगेका युवायुवतीमध्ये विवाह हुनेको भइहाल्छ, नहुनेमध्ये केही रोजगारीको खोजीमा र केही अध्ययनका लागि सहर वा विदेश जाने भएकाले गाउँमा १६ वर्षमाथिका युवायुवती देखिँदैनन् ।’

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया