Home » साहित्य » कविताः प्रणय दिवस

कविताः प्रणय दिवस

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

रमा भट्टराई
धनगढी

उत्सव संसार भरका प्रेम जोडीको
तर संहार सधैं बारीका निर्दोष ती फूलको
खुशी आफ्नो पोल्टामा
अनि, आँसु सुन्दर गुलावको बोटलाई ।।

बर्षौदेखिको त्यो उसको फुल्ने चाहना
फुलेर आफ्नै बोटको काखमा निदाउने चाहना
सधैं सधैं अधूरै छ उसको
त्यति प्यारो फूल
त्यति उमंगका साथ
आफ्नो यौवनमा भर्खरै प्रवेश गरेको मात्र के थियो
उस्लार्इ चुडेर प्रेमीप्रेमिका खुशी पार्न चुडिन्छ ।।

सायद उ खुशी पनि हुन्थ्यो होला
त्यो प्रेम
निस्चल अनि निर्मल हुन्थियो त
आज भोलि यहाँ प्रेम केवल
शरीर र यौन वासनामा गएर टुङ्गिन्छ ।।

बढेको पाश्चात्य संस्कार संगै
केही महिनामा यस्ता जोडीको
अमर प्रेमले समाज भाड्न र
बसेको संसार उजाड्न ठूलो
भूमिका खेल्छ ।।

कस्तो समर्पण अनि कस्तो त्याग प्रेममा
कति पटक कतिका लागि चुडिएको छ
गुलाब तर उस्ले कहीँ–कहीँ
मात्र देखेको छ होला सफल प्रेम
अनि निस्वार्थ प्रेम ।।
अनि सोच्दो हो कम्तिमा केही त जिवित छ्न्
साँच्चै प्रणय दिवसलाइ सधैं
प्रत्येक दिन उत्सव मनाउनेहरु ।।

 

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया