Home » प्रवास » पत्रकारमाथिको हातपातपछि एनआरएन कुवेतका अध्यक्ष तामाङद्वारा राजीनामा

पत्रकारमाथिको हातपातपछि एनआरएन कुवेतका अध्यक्ष तामाङद्वारा राजीनामा

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

काठमाडौं, फागुन १०
गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अध्यक्ष अर्जुन तामाङले पदबाट राजीनामा दिएका छन् ।

नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष सुजन केसीमाथि केही दिनअघि भएको हातपातको नैतिक जिम्मेवारी लिंदै उनले राजीनामा दिएका हुन् ।
तामाङले विज्ञप्ति जारी गर्दै एनआरएनएको अध्यक्षबाट राजीनामा दिएको घोषणा गरेका हुन् । उनले घटनापछि अध्यक्ष जस्तो जिम्मेवारपूर्ण पदमा बसिरहन नैतिक रुपले नदिने भन्दै राजीनामा दिएको बताएका छन् ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद मध्यपूर्व संयोजक आर.के. शर्मा समक्ष पत्र लेख्दै तामाङले राजीनामा दिएका हुन् ।

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया