Home » प्रवास » भूकम्पमा संकलित रकमबारे नेपाली जनसम्पर्क समिति अमेरिकामा बिवाद, पार्टीले गर्यो हस्तक्षेप

भूकम्पमा संकलित रकमबारे नेपाली जनसम्पर्क समिति अमेरिकामा बिवाद, पार्टीले गर्यो हस्तक्षेप

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

 

काठमाडौं, फागुन १७

नेपाली कांग्रेसमा आबद्ध प्रवासी नेपालीहरुको संगठन नेपाली जनसम्पर्क समिति अमेरिकामा बिवाद सिर्जना भएपछि पार्टीले हस्तक्षेप गरेको छ ।

नेपालको महाभूकम्पको बेला भूकम्प पीडितको नाममा उठाइएको चन्दा एकअर्कालाई अपचलन गरेको भन्दै समितिका सभापति आनन्द बिष्ट र महासचिव मुनिन्द्र नेम्बाङ्गबीच विवाद भएपछि कांग्रेसले अर्को जानकारी नहुन्जेल अधिबेसनसँग सम्बन्धित कुनै गतिबिधि नगर्न निर्देशन दिएको छ ।

तीन वर्षअघि टेक्सासमा सम्पन्न भएको एकताको अधिवेशनपछि तदर्थ रुपमा चलिरहेको समितिले निर्वाचित कार्यसमिति पाएको थियो । वर्तमान कार्यसमितिको म्याद २०१७ को नोभेम्वर २२ देखि समाप्त भएकोले कांग्रेसले उक्त समिति भंग गरिसकेको छ ।

 

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया