Home » जिल्ला » चट्याङ लागेर महिलाको मृत्यु, दुई जना घाइते

चट्याङ लागेर महिलाको मृत्यु, दुई जना घाइते

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

मोरङ, फागुन २८

मोरङको लेटाङ नगरपालिका–९ स्थित जाँतेमा गए राति चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

वर्षासँगै परेको चट्याङ लागेर ३२ वर्षीया गीता घिमिरेको मृत्यु भएको हो । घरको बरण्डामा बसिरहेका बेला चट्याङ लागेर घाइते भएकी उनको पथरीशनिश्चरेस्थित पथरी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । चट्याङ लागेर मृतककी देउरानी ३० वर्षीया मेनुका घिमिरे र छिमेकी ६२ वर्षीय धनबहादुर राई गम्भीर घाइते भएका छन् ।

दुवैको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो । रासस

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया