Home » साहित्य » गजल

गजल

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

विवश खड्का
अत्यास छुट्छ खित्का, मन वितृप्त छ
नझार आँशु ढिका, मन वितृप्त छ

जीवनले बहार, थमायो आफैले
यो दिल हुन्छ फिक्का, मन वितृप्त छ

तेरो यातना मैले, सहेको छु अति
ए जिन्दगी नजिस्का, मन वितृप्त छ

सम्झेको कहाँ हो र, आउँछ कसरी
मध्यरातमा किक्का, मन वितृप्त छ

दाउँ तिम्रो र मेरो, प्रीतको फूलमा
मापन गर्ने सिक्का, मन वितृप्त छ

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया