Home » जिल्ला » इलाममा ३६ हजार बढीले स्वास्थ्य बीमा गरे

इलाममा ३६ हजार बढीले स्वास्थ्य बीमा गरे

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

इलाम, २२ चैत । इलाममा ३६ हजारभन्दा बढी जिल्लावासीले स्वास्थ्य बीमा गराएका छन् । स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि हालसम्म जिल्लाका ३६ हजार पाँच जनाले सो बीमा गराएका हुन् ।

जिल्ला स्वास्थ्य बीमा बोर्डका अनुसार बिमितमध्ये हालसम्म ३० हजार ४०५ जनाले विभिन्न अस्पतालबाट स्वास्थ्य सेवा लिएका छन् । तेइस हजार ३५५ जनाले इलामका विभिन्न स्वास्थ्य संस्था र अस्पतालबाट सेवा लिएका छन् भने झापाका अस्पतालबाट पाँच हजार ५० र अन्य जिल्लाका अस्पतालबाट दुई हजारले सेवा लिएको बोर्डका कर्मचारी खेमराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँले बिमितको संख्या बढेसँगै सेवा समेत थप गरिएको जानकारी दिनुभयो । सेवा लिने बिरामीले एक हजार ११८ प्रकारका औषधि निःशुल्क पाउने व्यवस्था गरिएको उहाँले वताउनुभयो । विगतमा ५३० प्रकारका मात्र औषधि निःशुल्क वितरण हँुदै आएको थियो । पाँच सय ८८ प्रकारका औषधि थप गरी अहिले एक हजार ११८ प्रकारका निःशुल्क औषधि पाउने व्यवस्था भएको जनाइएको छ । रासस

 

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया