Home » विदेश » कैदीलाई भगाउन खोज्दा झडप, २१ जनाको मृत्यु

कैदीलाई भगाउन खोज्दा झडप, २१ जनाको मृत्यु

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

ब्राजिल, चैत २९
ब्राजिलको उत्तरी क्षेत्रमा रहेको एक जेलबाट कैदीहरू भाग्ने क्रममा सुरक्षाकर्मीसँग मङ्गलबार भएको झडपमा परी कम्तिमा २० जनाको मृत्यु भएको ब्राजिलका अधिकारीले जनाएका छन् ।

स्थानीय समय अनुसार बेलेमस्थित दिउसो १ बजे शान्ता इजावेल कारागार भवनमा सशस्त्र समूहले कारागारमा हमला गरी केही कैदीलाई भगाउन खोज्दा उक्त घटना भएको सार्वजनिक सुरक्षा अधिकारीले बताए ।

मृतकमध्ये १९ जना कैदी रहेका र बाँकी उनीहरूका आफन्त रहेका बताइएको छ । घटनामा कैदीको रेखदेखमा खटिएका चार सुरक्षाकर्मी घाइते भएका छन् ।

कारागारका प्रमुख अधिकारीका अनुसार छ जना सुरक्षाकर्मीलाई अपहरण गरेपछि कैदीको भगौडा समूहले जेलभित्र दङ्गा मच्चाएका र उनीहरूलाई नियन्त्रण गर्ने क्रममा कारागारको गेटमा विष्पोटक पदार्थले आक्रमण गरेका थिए ।
तत्काल सुरक्षा गार्डले गरेको प्रतिक्रियाका कारण कैदी भाग्न भने नसकेका बताइएको छ । रासस÷सिन्ह्वा

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया