Home » जिल्ला » तीन करोडको लागतमा स्वास्थ्य चौकीको भवन निर्माण

तीन करोडको लागतमा स्वास्थ्य चौकीको भवन निर्माण

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

भोजपुर, २९ चैत । पूर्वी पहाडी जिल्ला भोजपुरको अरुण गाउँपालिकास्थित याकुमा तीन करोडको लागतमा स्वास्थ्य चौकी भवन निर्माण भएको छ ।

अरुण गाउँपालिका–५ याकुमा निर्माण भएको सो भवनको संघीय संसदका सदस्य सुदन किरातीले उद््घाटन गर्नुभयो । भवन नेपाल सरकारको आर्थिक सहयोग तथा शहरी विकास भवन निर्माण विभाग क्षेत्रीय कार्यालय धनकुटाको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । दुई तले भवनमा १६ वडा कोठा रहेका छन् । चारवर्ष अघि निर्माण शुरु गरिएकोे भवनमा खोप, सुरक्षित मातृत्व, भिडियो एक्सरे सेवा सञ्चालन भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय भोजपुरका प्रमुख डा त्रिभुवनचन्द्र झाले जानकारी दिनुभयो ।

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया