Home » जिल्ला » प्रदेश १ः विशेष कानून र नीति बनाइने

प्रदेश १ः विशेष कानून र नीति बनाइने

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

झापा, ३ वैशाख : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आदिवासी जनजातिको धर्म र संस्कार संरक्षणका लागि प्रदेश सरकारले विशेष कानून र नीति बनाएर अघि बढ्ने बताउनुभएको छ ।

कचनकवल गाउँपालिकास्थित बनियानीमा सोमबार आदिवासी समाज विकास समितिले सिरुवा पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राईले आदिवासी जनजातिको भाषा, संस्कृति, लिपि तथा रीतिरिवाज संरक्षण गर्न प्रदेश सरकार तत्पर रहेको बताउँदै सिरुवा पर्वमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने जानकारी दिनुभयो ।

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया