Home » जिल्ला » फ्यूजनद्धारा उपेन्द्र पागललाई सम्मान

फ्यूजनद्धारा उपेन्द्र पागललाई सम्मान

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

मोरङ, ७ वैशाख

उत्तरपूर्वी मोरङको सृजनशील गतिविधिमा सक्रिय बन्दै गइरहेको पथरीशनिश्चरेस्थित एभरेष्ट आर्ट फयूजनले शुक्रवार पूर्वका विशिष्ट साहित्यकार एवम् चित्रकार प्राज्ञ उपेन्द्र पागल वस्नेतलाई सम्मान गरेको छ ।

तमु वौद्ध गुम्वाको सहआयोजना रहेको प्रत्येक महिनाको पहिलो शुक्रवारको मासिक कार्यक्रम सृजना चौतारीमा वस्नेतलाई नगरपालिका प्रमुख दिलिपकुमार राईले सम्मानपत्र र वस्नेतकै मुहारचित्रले सम्मानित गर्नुभयो । कार्यक्रममा बोल्दै नगर प्रमुख राईले साहित्य, कला र संस्कृतिको प्रवद्र्धनमा नगरपालिका लागि पर्ने वताउनु भयो ।

सो अवसरमा पूर्व सांसद चण्डीप्रसाद राईले नगरमा सृजना क्षेत्रका व्यक्तिहरुले चौतारी खडा गरी नगरको सृजनशील पहिचान वढाउन लागेको भन्दै खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा, साहित्यकारहरु रेखा सुवेदी, विष्णु न्यौपानले, भूपेन्द्र तिम्सिना, रोहित पराई, सुमन राई, कृष्णप्रसाद अधिकारी, इन्दिरा नेपाल, मञ्जरी घिमिरे, भवानी दुलाल, लक्ष्मी सुवेदी सहितले कविता, गजल तथा देव गुरुङ, अर्जुन सेन्चुरी, निर्मला विश्वकर्मा, आशा लिम्बू सहितले गीत प्रस्तुत गर्नुभयो । टीकाराम राईको सभापतित्व र अर्जुन सेन्चुरीको संयोजनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया