Home » प्रवास » युएईमा जेल परेका टोपबहादुरलार्इ ब्लडमनि पुग्यो

युएईमा जेल परेका टोपबहादुरलार्इ ब्लडमनि पुग्यो

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

दुबई, वैशाख १३
थाइल्यान्डका नागरिक मारेको अभियोगमा युएईमा जेल परेका चिवनका टोपबहादुर विकलाई ब्लडमनि पुगेको छ ।

एनआरएनए युएईको अगुवाइमा सुरु गरिएको ब्लडमनि संकलन अभियानले टोपबहादुरलाई रकम जुटाएको हो । ब्लडमनि अब पूरा भएको एनआरएनए युएईले जनाएको छ ।

थाइल्यान्डका नागरिक मारेको अभियोगमा युएईको सरकारले एक लाख युएई दिराम (नेपाली झन्डै २८ लाख) सजाय तोकेको थियो । उद्धारको लागि वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले रकम उपलब्ध गराउन नसक्ने जानकारी गराएपछि युएईमा युक्त अभियान चलाईएको थियो ।

एनआरएनए युएईले आफ्नो फेसबुक मार्फत रकम पुगेको र अब रकम संकलन नगर्न सबैलाई आग्रहसमेत गरिएको एनआरएनए युएईका महासचिव कृष्ण पौडेलले बताए । जम्मा भएको रकम रकम बुझाएर लगतै टोपबहादुरलाई नेपाल फर्काउने प्रक्रिया थालिने छ ।

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया