Home » देश » गोलबजारको उदाहरणीय कार्यः नगरका सबै विद्यालयमा सिसी क्यामेरा

गोलबजारको उदाहरणीय कार्यः नगरका सबै विद्यालयमा सिसी क्यामेरा

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

लहान, १७ वैशाख

सिरहाको गोलबजार नगरपालिका क्षेत्रभित्र सबै माध्यमिक विद्यालयमा सिसीटिभी क्यामेरा जडान गरिएको छ ।

गोलबजार नगरपालिका कार्यालयले शिक्षाको स्तर खस्किँदै गएको भन्दै शिक्षा क्षेत्रलाई अनुशासित, मर्यादित तथा शैक्षिक वातावरण निर्माणमा सहयोग पुग्ने उदेश्यका साथ विद्यालयमा सिसीटिभी क्यामेरा जडान गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत गिरीराज ज्ञवालीले जानकारी दिनुभयो ।

नगर क्षेत्रभित्रका छ वटा माविको सम्पूर्ण विद्यालय प्रांगण, शिक्षक कोठा, कार्यालय कोठा र कक्षाकोठाको बरण्डासम्म फोटो खिच्न सकिने गरी प्रत्येक विद्यालयमा हाललाई चार वटाका दरले क्यामेरा जडान गरिएको छ ।

नगर क्षेत्रभित्र पर्ने जनता नमूना मावि, गोलबजार आठ चोहर्वा, जनता (प्रविधिक) मावि गोलबजार चार, जनता मावि, गोलबजार १० डण्डाटोल, सरस्वती माध्यमिक विद्यालय गोलबजार तीन, तेतरिया जमदह, जनता माध्यमिक विद्यालय, गोलबजार ११ बलकावा र जनता माध्यमिक विद्यालय गोलबजार १२ बेतौना महनौरमा क्यामेरा जडान गरेका छन् ।

तराईका जिल्लामा सामुदायिक विद्यालयको शिक्षालाई सुधार गर्न पहिलो चरणमा निगरानी बढाउन यो प्रविधिको प्रयोग गरिएको नगर प्रमुख देवनाथ साहले बताउनुभयो ।

विद्यालयको भौतिक पूर्वाधार विकासले मात्र शिक्षा सुधार हुन नसक्ने भन्दै विद्यालयको शैक्षिक अवस्थामा पनि सुधार ल्याउन प्रविधिको निगरानीले सहयोग पुग्ने प्रमुख साहको कथन छ ।

क्यामेरा जडानपछि विद्यार्थीले गर्ने गतिविधि, शिक्षक कतिखेर आउने जाने, विद्यार्थी टिफिनकै समयमा विद्यालय छाडेर भाग्नेजस्ता कार्यको निगरानी गर्न सकिने बताइएको छ । रासस

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया