Home » मनोरन्जन » खुलेआम प्रेम दर्शाउँदै रणबीर र दीपिका

खुलेआम प्रेम दर्शाउँदै रणबीर र दीपिका

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

दीपिका पादुकोण र रणवीर सिंह प्रेम सम्बन्धमा छन् । उनका फ्यानहरुले उनीहरु यसै वर्षभित्र विवाह बन्धनमा बाँधिन सक्ने बतायरहेका छन् । यद्यपि, उनीहरुले कुनै आधिकारिक बयान भने दिएका छैनन् । तर, दुवै जना अहिले प्रायः एकैसाथ समय विताइरहेका छन् ।

गएको शुक्रवार रणवीर सिंह ‘मोस्ट डिजायरेबल म्यान २०१८’ चुनिए । यसै खुशीमा रणवीर सिंहले ट्वीट गर्दै सबैलाई धन्यबाद दिए । त्यसमा बधाई दिँदै दीपिकाले प्रेम दर्शाउँदै दिलको चिन्ह पठाइन् ।

ट्वीटको रिप्लाई गर्दै रणविरले भने किस गरेको चिन्ह पठाए । यसैबाट उनीहरुबीच कति डाढा प्रेम सम्बन्ध छ भन्ने दर्शाएको छ ।

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया