Home » फोटो कथा » यी हुन् नेपाल भ्रमणमा मोदीका हिट तस्बिर (फोटो-फिचर)

यी हुन् नेपाल भ्रमणमा मोदीका हिट तस्बिर (फोटो-फिचर)

Share on Facebook0Share on Google+0Tweet about this on Twitter1Share on LinkedIn0

काठमाडौं, बैशाख २९
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट नयाँदिल्ली फर्कनुभएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हार्दिक विदाई अभिवादन गर्नुभयो ।

प्रधानमन्त्री मोदी एअर इन्डियाको विमानबाट जनकपुर हुँदै शुक्रबार काठमाडाँै आउनुभएको थियो । नेपाल भ्रमणका क्रममा उहाँले जानकी मन्दिर, मुक्तिनाथ र पशुपतिनाथको दर्शन एवं पूजाअर्चना गर्नुभएको थियो ।

काठमाडाँैमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुका साथै उहाँ दुई देशका प्रतिनिधिमण्डलस्तरीय वार्तामा सहभागी हुनुभयो ।

नेपाल भ्रमणका क्रममा जनकपुर र काठमाडौंमा प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गरिएको थियो । भारतीय प्रधानमन्त्रीका रूपमा उहाँको यो तेस्रो नेपाल भ्रमण हो ।

भारतीय प्रधानमन्त्री मोदीको बिदाइका लागि परराष्ट्र सचिव शंकरदास बैरागी र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरी विमानस्थल पुग्नुभएको थियो ।

Share on Facebook0Share on Google+0Tweet about this on Twitter1Share on LinkedIn0

प्रतिक्रिया