Home » आर्थिक » भारतबाट १८ अर्बको बिजुली खरिद

भारतबाट १८ अर्बको बिजुली खरिद

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

काठमाडौं, जेठ २
स्वदेशमा उत्पादित बिजुलीले मुलुक उज्यालो बनाउन नपुगेपछि चालू आर्थिक बर्षको १० महिनामा १५ अर्ब २१ करोड रुपैयाँको बिजुली आयात गरिएको छ ।

यो तथ्यांकअनुसार मासिक १ अर्ब ५२ करोड रुपैयाँको बिजुली आयात भएको देखिन्छ । चालू आर्थिक बर्ष सकिन अझै दुई महिना बाँकी छ । दुई महिनाका लागि थप ३ अर्ब ४ करोडको बिजुली आयात गर्नुपर्ने हुन्छ ।

यस अवधिमा चालू आवमा कुल १८ अर्ब २५ करोड रुपैयाँको बिजुली आयात हुने देखिएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताउनुभयो। – नागरिक दैनिक

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया