Home » विचार/ब्लग » “लेखककी स्वास्नी” र बागि  बहस

“लेखककी स्वास्नी” र बागि  बहस

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

बि.सं. २०७० सालमा प्रकाशित उपन्यास “लेखककी स्वास्नी” प्रकाशनको पाँच बर्षपछी २०७५ सालमा मात्र पढ्ने मौका मिल्यो। ईमान्दार पुर्वक भन्ने हो भने उपन्यास लेखकको सार्बजानिक परिचय जानेपछी मात्र पढ्ने हुट्हुटी बढेको हो।

हुन त विभिन्न किताबहरु खोजी गर्ने क्रममा “लेखककी स्वास्नी” संग थुप्रै खेप पुस्तक पसलहरुमा आँखा नजुधेको त होईन तर अहिले लाग्छ, त्यो समयमा किन आकर्षण गर्न सकेन होला मलाई? र आफैँ उत्तर दिन्छु हामी अलि गिने चुनेका नामि र वाहवाही बटुलिरहेका लेखकहरुको नियमित गन्थन मात्र खोजिरहेका हुने रहेछौँ।

जसले लेख्ने “कन्टेन्ट”  हरुमा प्रायः हामी अभ्यस्त भईसकेका हुन्छौँ। अर्थात “होटलमा मेन्यू बूक पल्टाउँदा पल्टाउँदा गर्‍यो, अन्तिममा उहीँ म:म खाएर हिँड्यो” कै पारा हुने रहेछ। बानी परिसकेको लेखकहरुले हामिलाई दिने खुराकको स्वाद थाहा भईरहेको हुन्छ, सायद त्यही भएर पनि त्यो स्वाद परिबर्तन गर्न चाहन्नौँ कि।

केही समय अगाडि आख्यानकार राजन मुकरुङ्गको “पन्ध्रौँ गर्लफ्रेन्ड” को बारेमा संचार माध्यमहरुमा चर्चा हुन थालेपछी लेखक  प्रगती राईको बारेमा चासो गहिरिएको थियो। त्यसपछी केही पुस्तक पसलहरुमा “लेखककि स्वास्नी” खोजी गरियो, तर पाउन सकिएन।  निक्कै पछि कवि शुष्मा रानाहँमाबाट अन्य पुस्तकहरु सहित प्राप्त भयो र पढ्ने धोको पूरा भयो।

दिलिप बान्तवा

प्रगती राई नेपाली आख्यानको दुनियाँमा खासै प्रचलित नाम थिएन “लेखककी स्वास्नी” प्रकासित भए ताका ।  २०६२/६३ को आन्दोलन नेपाली समाजको लागि हरेक कोणबाट एउटा मानक मोड रह्यो।

राजनैतिक परिबर्तन भन्नू मात्र, यथार्थमा त्यसले  हाम्रो सामाजिक रुपान्तरण र सामाजिक चिन्तन शैली देखि लिएर परिबर्तनका मुद्दा र नाराहरुमा नै व्यापक फेरबदल  गरिदिएको थियो। त्यही सिलसिलामा नेपाली साहित्यले समेत एउटा बिशिस्ट मोड प्राप्त गर्‍यो त्यो बखत। धमाधम “युद्द साहित्य” हरु प्रकासित हुन थाले।

कतिपय ती रौँ नै ठडिने जस्ता लाग्ने कहानिहरु कसैका वास्तविक पनि थिए होलान कतिले कल्पनाको लेप लगाएर अलि उजिल्याएका थिए होलान्। तर त्यो ट्रेन्ड निक्कै चल्यो संस्मरण, कथा, कविता, अनि उपन्यास कै रुपमा पनि।

त्यो बखत थुप्रै नयाँ नामहरु उदाएका पनि थिए, तर धेरै जसोले निरन्तरता दिन सकेनन् सायद। तर पनि लेखनको क्षेत्रमा महिला हस्ताक्षरहरु ससक्त भएर अगाडि देखिएको समय पनि त्यहिँ थियो।

त्यस संग संगै २०६३ को अन्तरिम संविधान अनि २०६४ सालको संविधान सभा निर्वाचन र आसपासको समय नेपाली राजनितिमा केहि नयाँ शब्दावलिहरुले प्रवेश पाए, जस्तै हो “समाबेसि”, “समानुपातिक”, “संघियता” अनि अलि पछि “पहिचान” ईत्यादी। यी सबै बिषयहरुको गोलचक्करमा नेपालि राजनितिको एक दशक त्यतिकै बित्यो।

रुपमा त्यो समय “वेस्ट” भएको देखिए पनि सारमा त्यो अवधी नेपालि समाज बिकास र रुपान्तरणको हिसाबले अत्यन्तै उर्बर रह्यो। यी बिषयहरुले साहित्यलाई उर्बर मात्र बनाएन उसका माध्यमबाट राज्यले सदियौँदेखी उत्पिडनमा पारेको, बहिस्करण र सिमान्तकृत रुपमा व्यवहार गरेको समुदायहरुले आफुलाई चिन्ने मौका पाए।

आफू पनि यो देशका ती सुकिला मुकिलाहरु जत्ती कै हैसियत र नागरिक अधिकार पाउनुपर्ने मान्छे हौँ। अधिकार प्राप्तिका लागि सामुहिक आवाज लिएर उठ्नुपर्छ भन्ने चेतनाको बिकास भयो। संगै आफ्नो परिचय स्थापित गर्नका लागि अरुको भर पर्ने नभै आफ्नो मौलिक सभ्यता र त्यससंग आधारित  पहिचानलाई रक्षा गर्नुपर्छ भन्ने सचेतता पलाउन थाल्यो।

तर एकातिर यो सुखद बिषय राजनिती तथा साहित्य र कलाको मुलधारमा स्थापित भईरहेको भए पनि संग संगै हिँडिरहेको लैँगिक समस्या र त्यसभित्रका निक्कै फराकिला आयामहरुलाई भने खासै वास्ता गरिएन  त्यो मुलधारबाट। हो, त्यही परिपुरक बिषयमाथिको भद्र छलफलको रुपमा उपस्थित छ “लेखककी स्वास्नी” ।

स्कुलले आयोजना गरेको एउटा कविता प्रतियोगिताको प्रतिस्पर्धी नुमा र प्रतियोगिताको निर्णायक भएर पुगेको शुसान्त बिचमा भएको चिनापर्ची बाट शुरु भएको कथा यात्राको गाडि बिचको समय “स्किप” गरेर लगभग १७ बर्षपछिको समय रेखामा चक्का राखी अगाडि बढेको छ।

त्यो बिचमा उनिहरुको बिबाह भएर दुई छोरी सहित काठमाडौको अस्तब्यस्त जिवनचक्रमा बल्ल तल्ल घिसार्दै गरेको कथामा जोडिन्छ। त्यो समय नेपाली राजनितिको समय रेखामा संविधान सभाको चुनाब सम्पन्न भएर तातो बहसका रुपमा उठेका समाबेसी, समानुपातिक, संघियता, पहिचान जस्ता शब्दहरुको घुमाउरी खेल चलिरहेको छ।

शुसान्त आफुलाई अब्बल लेखक प्रामाणित गर्न चाहन्छन्। उनले लेख्दै गरेको उपन्यासमा यी सबै मुद्दाहरु स्थापित गर्दै देशलाई संघियतामा रुपान्तरण गर्ने अठोट सहित साहित्यिक भेलाहरु मार्फत राजनैतिक नारा उराल्न चाहन्छन्। यता नुमा भने दैनन्दिनको पारिवारिक समस्याहरुलाई समाधान गर्न अनेक उपाय गर्छिन।

उधारो चलेको जिन्दगिमा हरेक ईच्छा र आकांक्षाहरुलाई समेत उधारोमै थन्काएर नगद बास्तविकता बोकेर परिवारको एकतर्फी भार उठाईरहेकि छिन्। लोग्ने लेखक र समसामयिक राजनैतिक चिन्तक भएकोले त्यो भार आफुलाई स्वभाविक भएको ठान्छिन उनी। यो बिचमा काठमाडौको अभावग्रस्त जिन्दगिले भोग्नुपर्ने सबै खाले परिस्थितिहरुको सामना गर्नुपर्छ उनिहरुले।

मध्यम बर्गीय परिवारको एउटा बागी चिन्तन सहितको “होल टाईमर” लेखक अनि पारिवारिक जिम्मेवारिको भारले गर्दा आफुभित्रै  मुर्झाईरहेको एउटा सचेत र क्रुर बास्तबिकताको बिरुद्धमा उम्लिरहेको जुनुन् बोकेकी श्रीमती र सो परिवारले काठमाडौ जस्तो शहरमा भोग्नुपरिरहेको जिन्दगि तथा  मनोबिज्ञानको कथा हो “लेखककी स्वास्नी” ।

लेखक लोग्नेको ब्यक्तिगत जिन्दगी र  करिअरलाई सफल बनाउन निस्फिक्री सहयोग गरिरहेकी श्रीमतीलाई समाजले हेर्ने दृष्टिकोणबाट बागी बिचारको बिजारोपण हुन्छ। “के श्रीमतिहरुले सँधै श्रीमानको सफलतामा रमाएर बस्नु मात्र सबै थोक हो? उनिहरुको आफ्नो अस्तित्व र पहिचान कहाँ छ? त्यो अस्तित्व र पहिचान महिलाहरुले किन नपाउने…?” जस्ता आम प्रश्नहरु उठ्न थाल्छन् श्रीमतिको मनमा।

हाम्रो समाजले छोरिलाई जहिल्यै पनि दोस्रो दर्जाको व्यवहार गर्‍यो, अधिकार र कर्तब्य दुबै पाटोमा। अधिकार बिहिन बनायो र कर्तब्यबाट पनि बिमुख पार्‍यो। नत्र अंश र बंशको सवालमा किन सँधै छोरिहरुको याद गरिएन?सृष्टिको सिंगो भार थामेको महिलालाई हटाएर पुरुषलाई मात्र  हर्ताकर्ता बनायो यो समाजले ।

बाउ आमा मर्दा छोरिले किन काजकृया गर्न नपाउने? बिबाह पछि किन श्रीमतिको मात्र थर फेरिनुपर्ने? लोग्नेको घर जानुपर्ने? यस्ता खाले जो हाम्रो पितृसत्तात्मक परम्पराका बागी सवालहरु हुन् यिनलाई साना साना घट्नाहरु सहित उधिन्ने प्रयास गरिएको छ। यो समाजमा छोरि हुर्काउनु डाकाहरुको समुहमा झोलाभरी पैसा बोकेर एक्लै हिँड्नु जस्तै संकट छ, जो जतिबेला जहाँबाट पनि लुटिने खतरा हुन्छ भन्ने मनोबिज्ञान यो समाजले हुर्काईदिएको छ।

किनकी छोरिलाई निरीह बनायो यहि समाजले। अधिकारबिहिन भएपछी जो कोहि आफै निरीह बन्न पुग्छ। यहाँ कुनै केटा र केटि बिचमा अनैतिक सम्बन्धको कुरा बाहिर आयो भने सम्पुर्ण दोषको भार केटिले खप्नुपर्छ, केटालाई खुल्लमखुल्ला हिँड्ने छुट छ। त्यसको अर्थ ऊ यो समाजको सुप्रीम हो त्यो केटिभन्दा भन्ने देखिन्छ जुन सिलसिला सदियौँदेखी चलेको छ।

छोरी मात्र भएका बाऊ आमाहरु जिन्दगिको उत्तरार्द्ध सम्झिदै खुम्चिएर बाँच्नुपर्छ, छोरा नभएकोमा समाजले हेर्ने तीखो आँखाबाट बाँच्न हम्मेहम्मे पर्छ।

त्यसैले यस्ता सवालहरु जसको हाम्रो समाजले हमेशा आँखा चिम्लेर बस्ने गरेको छ, यिनलाई समकालिन साहित्यले समेटोस्, महिलाहरुका बिरुद्धमा भईरहेका नियमित र निरन्तर हिंसाहरुको बिरुद्ध आफ्नो लेखक श्रीमान र उनको समुहले केही लेखोस्, बोलोस् भन्ने चाहना बेकार हुन्छ नुमाको त्यहिँ समयबाट उनी आफ्नो मनभित्र बलिरहेको हरेक खाले असमानता बिरुद्धको आगोलाई दम दिन थाल्छिन् र बहसमा लाग्छिन् “छोरिलाई अंश र बंशको अधिकार चाहिन्छ।”

तीन पेजको कथा प्रारम्भ पछि २२६ पेजभित्र समेटिएको उपन्यास घट्नाभन्दा पनि बिषयकेन्द्रीत छ। सामाजिक रुपमा पिछडिएका र राजनैतिक मुलधारभन्दा निक्कै पर रहेका समुदायहरुलाई राज्यले समतामुलक हैसियत निर्माण गर्न सक्षम बनाउनुपर्छ भन्ने आवाज मुखरित छ।

यहाँनिर सायद बिषयमा केन्द्रित हुँदै गरेको भएरै हो या कसरी अलिकती अस्वभाविक लाग्ने पक्ष समेत देखिएको छ। नुमा खोटाङ्गको बृटिश लाहुरेकी छोरी अनि शुसान्त भने सुनाम अर्थात दर्जी(दलित) । र दुबैको भेटघाटको समय रेखा हिसाब गर्दा २०४७/४८ सालतिर हुन पुग्छ। त्यो समयमा अन्तरजातीय बिबाह त्यो पनि दलित र गैर दलित बिचमा असम्भव नभए पनि अत्यन्तै जटिल पक्कै थियो।

त्यो जोडिले परिवार र समाजबाट बेहोर्नुपर्ने बुहार्तन निश्चय नै कल्पना भन्दा फरक हुन्थ्यो। धेरै कुराहरु बिचमा फ्ल्यास ब्याक गरेर पुरानो कुराहरु जोडिएको भए पनि सो बिषय निक्कै नै अपेक्षित रहन्थ्यो जस्तो लाग्छ।

अर्कोतिर मुख्य कथाले पनि बिशेष गरि महिलाको मुद्धालाई केन्द्रमा राखेको भएर होला सायद दलित समस्यालाई खासै छोएको पाईएन।  शिर्ष चरित्र “लेखक” स्वयं दलित भएकोले त्यो बिषयलाई मिहिन रुपमा उठाउन सकेको भए अझ “सुनमा सुगन्ध” हुन्थ्यो कि!

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया