Home » प्रवास » साथीभाईकै कुटाईबाट मलेसियामा एक नेपालीको मृत्य

साथीभाईकै कुटाईबाट मलेसियामा एक नेपालीको मृत्य

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

काठमाडौं, जेठ १८
रोजगारीका क्रममा मलेसिया पुगेका एक नेपालीको कुटपिटबाट मृत्यु भएको छ । पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, धमिलपानी गाउँका २२ वर्षीय किशोर केसीको नेपाली युवाहरुको कुटाईबाटै मृत्यु भएको हो ।

कुटपिटबाट पेटमा गहिरो चोट लागेको केसीको अस्पतालमा उपचारको क्रममा एक सातापछि मृत्यु भएको हो । मृतकको शव नेपाल ल्याउने तयारी गरिएको छ । उनी २० महिना अघि रोजगारीका लागि मलेसिया पुगेका थिए ।

घरका कान्छा छोराको विदेशमा मृत्यु भएपछि उनकी आमा अर्धचेत अवस्थामा रहेकी छिन् । कुटपिट गरेर हत्या गर्ने चारै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया