Home » प्रवास » भारतको बैंगलोरमा दुर्घटनामा परेर नेपालीको मृत्यु

भारतको बैंगलोरमा दुर्घटनामा परेर नेपालीको मृत्यु

Share on Facebook16Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

कञ्चनपुर, जेठ २५

भारतको चेन्नइको बैंगलोरमा कार्यरत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२, लक्ष्मीपुरका अन्दाजी ३७ वर्षीय नवीन साहुको सडक दुर्घटनामा परी उपचारका क्रममा गएराति मृत्यु भएको छ ।

होटेलमा कार्यरत साहु डयुटी सकेर कोठातर्फ जानेक्रममा गाडीको ठक्करबाट शख्त घाइते भएका थिए ।

तत्कालै नजिकको अस्पतालमा उपचारका लागि पुर्याइएपछि उनको उपचारका क्रममा मृत्यु भएको परिवारजनले जनाएका छन् । साहु घरका एक्ला कमाउने व्यक्ति रहेको बताइएको छ । रासस

Share on Facebook16Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया