Home » साहित्य » सञ्चारकर्मी अधिकारीले ल्याए ‘आधा आकाश’

सञ्चारकर्मी अधिकारीले ल्याए ‘आधा आकाश’

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

काठमाडौँ, जेठ २७

सञ्चारकर्मी प्रवेश अधिकारीको पहिलो उपन्यास ‘आधा आकाश’ बजारमा आएको छ ।

चितवनमा लामो समय रेडियो प्रस्तोताको रूपमा काम गरी अध्ययनका लागि बेलायत पुग्नुभएका लेखक अधिकारीले लेख्नुभएको २२३ पृष्ठ लामो उपन्यासमा विद्यार्थी भिसामा बेलायत पुगेका युवायुवतीको भोगाइ र प्रेमकथा समेटिएको छ ।

सोसाइटी मिडियाले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि प्रा डा तुलसी भट्टराई, वरिष्ठ साहित्यकार डा बेञ्जु शर्मा, कवि विप्लव प्रतीक, साहित्यकार वियोगी बुढाथोकी, पत्रकार नकुल अर्याल लगायतले उपन्यासको संयुक्त विमोचन गर्नुभएको थियो ।

प्रमुख अतिथि एवं वरिष्ठ साहित्यकार डा तुलसी भट्टराईले उपन्यासको भिडमा बेग्लै शैली र कथालाई ‘आधा आकाश’ ले प्रस्तुत गरेको बताउँदै विदेश जाने युवायुवतीको कथा समेटिएको उक्त कृति लेखनमा दार्शनिक प्रयोग पनि गरिएको बताउनुभयो । उहाँले भन्नुभयो–“युवा पुस्ताले आधा आकाश पढ्नैपर्छ, अरूले छुटाउनुहुन्न ।”

साहित्यकार डा बेञ्जु शर्माले उपन्यासमा रहेका पात्रले पाठकलाई प्रेमानुभूति गराउने बताउँदै उपन्यास क्षेत्रमा ‘आधा आकाश’ सशक्त कृतिको रूपमा रहेको बताउभयो । कवि विप्लव प्रतीकले ‘आधा आकाश’ ले नयाँ तथा पूराना सबै खाले पाठकलाई न्याय गर्ने र युवा पाठकका लागि ‘आधा आकाश’ पठनीय हुने बताउनुभयो ।

साहित्यकार वियोगी बुढाथोकीले ‘आधा आकाश’ का लेखकबाट यस्तै सशक्त कृतिको अपेक्षा गरेको भन्दै पाठकका लागि उत्कृष्ट उपन्यास बजारमा प्रवेश गरेको बताउनुभयो ।

सोसाइटी मिडियाका अध्यक्ष नकुल अर्यालले कृतिले सञ्चारकर्मीका रूपमा रहेका लेखकको परिचय मात्रै नभइ उपन्यासको चालु बजारको गति पनि बदल्ने बताउनुभयो । रासस

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया