Home » जिल्ला » दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु

Share on Facebook2Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

उदयपुर,जेठ ३०

उदयपुरको त्रियुगा नगरपालिकामा गएराती दुई मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा स ७ प ८८०० नम्बरको मोटरसाइकलका चालक सिरहा लहान नगरपालिका १६ बस्ने बस्ने ३५ वर्षिय राजकुमार खड्काको उपचारका क्रममा सप्तऋषि हस्पिटल लहानमा मृत्यु भएको छ ।

त्यस्तै बा ६८ प ३६४४ नम्बरको मोटरसाइकलका चालक उदयपुर त्रियुगा नगरपालिका –१० बस्ने २५ वर्षिय सन्तोष मगर र पछाडी सवार सोही नगरपालिका –१० बस्ने ३० वर्षिय बिनोद राई गम्भीर घाइते भएका छन् ।

घाइते दुबै जनाको सोही हस्पिटलमा उपचार भईरहेको छ । गाईघाटबाट कदमाहा जादै गरेको दुई वटा मोटरसाइकल राती ८ बजे त्रियुगा नगरपालिका ६ लालपत्तामामा ठक्कर खाँदा दुर्घटना भएको थियो ।

Share on Facebook2Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया