Home » पत्रपत्रिका » गास खोज्न जाँदा लाश भएर आए, जसका दुईवटा श्रीमानबाट पाएका सबै सन्तान गुमे

गास खोज्न जाँदा लाश भएर आए, जसका दुईवटा श्रीमानबाट पाएका सबै सन्तान गुमे

Share on Facebook0Share on Google+0Tweet about this on Twitter1Share on LinkedIn0

थवाङ, असार २४

थवाङ गाउँपालिका ५ उवाखोलाकी धनपुरी रोकाको काख रित्तिएको छ । दुई श्रीमानबाट गरी चार सन्तानकी आमा रहेकी रोकाले एकैपटक चारै जना सन्तान गुमाउनुपरेको छ ।

पहिलेका श्रीमानबाट जन्मेका कमानसिंह रोका र कर्मजिता (कविता) घर्ती तथा दोस्रो श्रीमानबाट जन्मेका राष्ट्रे रोका र महेश रोकाको मुस्ताङमा भएको टिप्परमा दुर्घटनामा परेर निधन भएपछि उहाँले सम्पूर्ण सन्तान गुमाउनुपरेको हो । नेपाल समाचारपत्रमा खबर छ ।

पहिलेका श्रीमानको निधनपछि धनपुरीले गाउँकै हितबहादुर रोकासँग विवाह गर्नुभएको थियो । अब हितबहादुर रोका पनि सन्तानविहीन हुनुभएको छ ।

Share on Facebook0Share on Google+0Tweet about this on Twitter1Share on LinkedIn0

प्रतिक्रिया