Home » देश » गर्भवती महिलालाई बाख्रा

गर्भवती महिलालाई बाख्रा

Share on Facebook16Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

लहान, असार २७

नगरक्षेत्रका दलित, विपन्न परिवारका ५० गर्भवती महिलालाई सप्तरीको सुरुङ्गा नगरपालिकाले आज बिहान बाख्रा वितरण गरेको छ ।

बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत सुरुङ्गा नगरप्रमुख मुक्तिनाथ चौधरीले वडा नं १, २, ३, ४ र ५ का १०÷१० दलित विपन्न परिवारका गर्भवती महिलालाई बाख्रा वितरण गर्नुभएको हो ।

दलित, विपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले बाख्रा वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले जानकारी दिनुभयो । रासस

Share on Facebook16Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया