Home » देश » सल्लेडाँडामा बोलेरो दुर्घटना: तीनको मृत्यु, ९ जना घाइते

सल्लेडाँडामा बोलेरो दुर्घटना: तीनको मृत्यु, ९ जना घाइते

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

मेलम्ची, असार २८

पाँचपोखरी थाङ्पाल गाउँपालिका–४, सल्लेडाँडामा लु १ ख ९९९ नंंको बोलेरो जीप केहीबेरअघि दुर्घटना हुँदा दुई महिलासहित तीनजनाको मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन । दुर्घटनामा ९ जना घाइते भएको र उनीहरुलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि मेलम्चीतर्फ ल्याउँदै गरेको र घटनास्थलतर्फ अहिले प्रहरी टोली पठाइएको इलाका प्रहरी कार्यालय, मेलम्चीले जनाएको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका तिपेनीबाट सोही गाउँपालिकाको मानेखर्कतर्फ जाँदै गरेको उक्त बोलेरो जीपमा १५ जना सवार रहेको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । रासस

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया