स्वास्थ्य

क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने सहमति

काठमाडौँ, १४ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युटबीच बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने सहमति

आँखासँगै कानको उपचार सेवा विस्तार गर्दै नेपाल नेत्रज्योति सङ्घ

काठमाडौँ, १२ चैत । नेपाल नेत्रज्योति सङ्घले देशैभर रहेका आफ्ना आँखा अस्पताल र उपचार केन्द्रमार्फत वार्षिक ३० लाखभन्दा बढी मानिसलाई आँखा जाँच सेवा प्रदान गरिरहेको छ । सन् २०२३ मा

अफ्रिकामा क्षयरोग अन्त्यका लागि डब्ल्यूएचओको आह्वान

नैरोबी । सन् २०३० सम्ममा क्षयरोग उन्मूलन गर्ने लक्ष्य हासिल गर्न अफ्रिकी देशहरूले हातेमालो गर्दै उच्च प्रभावयुक्त लगानीद्वारा हस्तक्षेप गर्नुपर्ने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बताएको छ । आइतबार विश्व

सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमणदर बढ्यो

कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्न थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कका अनुसार पछिल्लो आठ दिनमा प्रदेशमा २१ जना कोरोना भाइरस सङ्क्रमित फेला

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. अङ्कुर साह

धनुषा, चैत २ । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा अङ्कुर साह नियुक्त हुनुभएको छ ।

विश्व मिर्गौला दिवस : डायलायसिसभन्दा प्रत्यारोपण उपयुक्त

काठमाडौँ, चैत १ । ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व मिर्गौला दिवस मनाइँदै छ । वरिष्ठ

चार महिनादेखि स्वास्थ्यकर्मीले पाएनन् तलब

कैलाली । कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि तलबभत्ता नपाएको जनाउँदै गुनासो गरेका छन्। उनीहरूले चालु आर्थिक वर्षको असोजसम्मको मात्र तलबभत्ता पाएका थिए । तलबभत्ता रोकिएपछि दैनिक जनजीवन चलाउन

दक्षिण एसियामा बहिरोपनको समस्या नेपालमा धेरै

काठमाडौँ, फागुन २० । दक्षिण एसियाली मुलुकहरुमा नेपाल सबैभन्दा बढी बहिरोपन (कान सुन्ने क्षमता कम)को समस्यामा रहेको पाइएको छ । विश्व श्रवण दिवसको अवसरमा आज यहाँ सोसाइटी अफ ओटोलारिङ्गोलोजिस्ट्स् अफ

काठमाडौंमा भेटिए ११८ औषधि पसल मापदण्डविपरीत

काठमाडौँ, फागुन १८ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालन नगरेको जनाएको छ ।

कैलालीमा स्थायी बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिला बढी

अत्तरिया, फागुन १८ । कैलालीमा स्थायी बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी रहेको छ । चालु आवमा स्वास्थ्य कार्यालय कैलालीले जिल्लाका विभिन्न ठाउँमा सञ्चालन गरेको स्थायी बन्ध्याकरण घुम्ती शिविरमा पुरुषभन्दा