कक्षा १२ को परीक्षाफल प्रकाशित


 


काठमाडौं, भदौ २७

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को सबै संकायको परीक्षाफल सोमबार सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार १२ कक्षाको नियमित तर्फ ४८.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

नियमिततर्फ सहभागी एक लाख ७५ हजार पाँच सय ९३ जनामध्ये ८४ हजार सय ९३ जना पास भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।त्यस्तै आंशिकतर्फ ३९ दशमलव ५९ प्रतिशत पास भएका छन् । आंशिकतर्फ सहभागी भएका एक लाख २३ हजार एक सय ८१ जना सहभागी भएकोमा ४८ हजार सात सय ६३ जना पास भएका छन् ।

एक विषयसम्म फेल भएकाको मौका परीक्षा कात्तिक ६ गते छ । गत बैशाखमा सञ्चालित परीक्षामा नियमितमा ३८ र आंशिकमा ३६ जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।

यसरी हेर्नुस् नतिजा

विद्यार्थीहरुले आफ्नो परीक्षाफल www.neb.ntc.net.np, www.educationsansar.com, www.edusanjal.com,   तथा www.educationkhabar.com मा हेर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ नम्बरमा डायल गरी थाहा पाउन सकिने  छ ।

प्रकाशित मिति: २७ भाद्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्