पहिलो प्रेमीकाले स्वीकारेको भए अहिले के हुन्थे अमिताभ बच्चन ?


 


कोलकत्ताबाट नोकरी छोडेर बलिउड पुगेका अमिताभ वच्चनको बारेमा एक वेबसाइटले ठुलै खुलासा गर्ने दावी गरेको छ ।

उक्त वेबसाइटका अनुसार अमिताभ बच्चनको पहिलो प्रेमीका महाराष्ट्रकी एउटा केटी थिइन् ।

अमिताभ बच्चन र उनी दुबै जना एउटै कम्पनीमा काम गर्थे । दुबै जनाले एकअर्कालाई चाहन्थे । केटीले अमिताभलाई विहेको प्रस्ताव राखिन् ।

तर अमिताभले छिट्टै विहे गर्न स्वीकार गरेनन् । अमिताभले छिट्टै विहे हुन नसक्ने भनेपछि उनी वल्र्ड टुरको लागि बाहिरिइन् ।

जब उनी फिर्ता आइन् अमिताभले उनलाई विहेको प्रस्ताव राखे । तर त्यतिखेर केटीले अमिताभको प्रस्ताव नै अस्वीकार गरिदिए ।

कसै केटीले यसरी अस्वीकार गर्नाले अमिताभ बच्चनले सहन सकेनन् । अमिताभ बच्चन नोकरी र २६ दिनको तलब छोडेर कोलकत्ताबाट बाहिर गए ।

यदि ती पहिलेकी प्रमीकाले उनलाई अस्वीकार नगरेको भए बिग बी कुनै अरु हुन्थ्ये  । जुन आवस्थामा अहिले अमिताभ छन् त्यो आवस्थामा उनी नहुन पनि सक्थ्ये  ।

कुनै प्रेमीकाले अस्वीकार गर्नु अमिताभको जीवनको टर्निङ् प्वाइनट बन्यो जुन घटना सन् १९६८ तिरको हो ।

१९६९ मा अमिताभ ख्वाजा अहमद अब्बासको स्टुडियोमा अडियसनको लागि पुगेका अमिताभ बच्चन त्यहाँबाट नै उनी आफ्नो पहिलो फिल्म ‘सात हिन्दुस्तानी’ को लागि छनौट भएका थिए । एजेन्सी

प्रकाशित मिति: २६ आश्विन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्