आर्थिक अवस्था कमजोर हुँदा बालकको मुटुको उपचार हुन सकेन


 


बैतडी, मंसिर ९
बैतडीको देहीमाण्डौ–८ की वशन्तीदेवी ऐरका ५ वर्षका छोरा सञ्जिवको मुटुमा प्वाल रहेको र आर्थिक आवस्था कमजोर भएका कारण उनको उपचार हुन सकेको छैन ।

घरको आर्थिक आवस्था कमजोर भएका कारण माइत मै बस्दै आएकी उनको माइतीमा पनि बुवा र भाईको पहिले नै निधन भएकाले ६२ वर्षकी आमा मात्रै छिन् ।

श्रीमान र घरपरिवारले छोराको उपचार गर्न वेवास्ता गरेकाले वसन्ती माइतीको शरणमा बैतडी पुगेकी हुन् ।

जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसकेपछि उनले छिमेकीको सहयोगमा थप उपचारका लागि गएको जेठ र भदौमा छोरालाई शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडांैमा पुर्याएको थियो ।

काठमाडौंमा चेक गराउँदा डाक्टरले मुटुमा प्वाल परेको र छिट्टै शल्यक्रिया गर्नुपर्ने सल्लाह दिएपछि अहिले वसन्ती आर्थिक श्रोत जुटाउनका लागि हारगुहार गरिरहेकी छन् ।

उनले छोराको उपचारमा सहयोग गरिदिन सबैसँग आग्रह गर्दै बैतडी सदरमुकाममा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बर ३१०७०१०००५२३३ मा रकम जम्मा गर्न सक्ने बताएकी छन् ।

छोरासहित माइत बैतडीमा बस्दै आएकी ऐरको घर झलारीपिपलाडी नगरपालिका–११ कञ्चनपुर हो ।

प्रकाशित मिति: ९ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्