देश नियन्त्रण बाहिर जाने थापाको चेतावनी


 


kamal-thapaकाठमाडौं, मंसिर २१

राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्रिय एकता र मुलुकको अखण्डता कायम नगरिए मुलुक नियन्त्रणबाहिर जान सक्ने चेतावनी दिएका छन ।

रिपोर्टर्स क्लबमा आज भएको कार्यक्रममा बोल्दै अध्यक्ष थापाले सबै दलको सहमतीमा संबिधान कार्यान्वयन गरेर अघि नबढे मुलुक दुर्घटनातर्फ जान सक्ने बताएका हुन ।

संविधान जारी भएको झण्डै १५ महिना भए पनि कार्यान्वयनमा समस्या देखिएकाले सबै दल जिम्मेवार भई समस्या समाधानका लागि अगाडि बढ्नुपर्ने उन्को सुझाव छ ।

विधेयकमा समावेश गरिएका अधिकांश विषयवस्तु तथा दफा राष्ट्रको हितमा नभएके भन्दै थापाले यथास्थितिमा त्यसलाई स्वीकार्न नसकिने बताए ।

थापाले विधेयकप्रति मधेसी मोर्चा असन्तुष्ट तथा प्रमुख प्रतिपक्षसहित केही दलका साथै प्रदेश नं ५ का जनता आन्दोलनमा रहेकाले सरकारले विकल्प खोज्नुपर्नेमा जोड दिए ।

अध्यक्ष थापाले निर्धा्रित समयभित्र तीन चरणको चुनाव गराउनुपर्ने संवैधानिक बाध्यता रहेको तर मधेसी मोर्चाको सहभागिताबिना चुनाव गर्न कठिन रहेको स्पष्ट पारेका छन ।

प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्