मोबाइलको ब्याट्रीको सुरक्षा कसरी गर्ने ?


 


मोबाइलको ब्याट्री पड्किने घटना हाम्रो लागि नयाँ होइन । यसैकारणले कति मानिसले आफ्नो ज्यान समेत गुमाइसकेको खबर हामीले सुन्दै आएका छौँ ।

तर यो सब हुँदाहुँदै पनि हामीले आवश्यक  सावधानी भने अपनाइरहेका हुँदैनौँ । मोबाइलको ब्याट्री सबैभन्दा पड्किने अवस्था भनेको मोबाइलमा कुरा गर्दा र चार्ज गर्दा हो ।

कहिलेकाँही भने यसै राखेको ठाँउमा, गोजीमा पनि ब्याट्री पड्केको पाइएको छ । यस्ता घटनाहरु हेर्दा नयाँ भन्दा पुरानो र नक्कली ब्याट्री बढी पड्केको पाइएको छ ।

मोबाइलको ब्याट्री पड्किन नदिन र ब्याट्रीको लाइफ बढाउन निम्न कुरामा पनि विचार पुर्‍याउनु पर्छः

  • सुत्ने समयमा मोबाइल आफ्नो साथमा नराख्ने ।
  • मोबाइल चार्जमा भएको बेलामा फोन नचलाउने वा कुरा नगर्ने ।
  •  चार्ज गर्दा चाहिने समयसम्म मात्र चार्ज गर्ने, पुरा रात वा घन्टौँ चार्ज नगर्ने । गर्नैपर्ने अवस्था भएमा मोबाइल अफ गर्ने ।
  •  आफ्नो मोबाइल जुन कम्पनीको हो त्यसकै मात्र चार्जर प्रयोग गर्ने । नक्कली चार्जरको प्रयोग कहिल्यै नगर्ने ।
  •  जुन कम्पनी र ब्राण्डको मोबाइल हो त्यसकै ब्याट्रीमात्र प्रयोग गर्ने। सस्तो वा नक्कलीे ब्याट्री खतराजनक हुन्छ ।
  •  मोबाइल चार्ज गर्दा तातो स्थानमा नराख्ने । यस्तो अवस्थामा ओभर हिटिङको समस्या हुनसक्छ ।
  •  अल्ट्रा फास्ट चार्जरहरुको प्रयोगले हाम्रो मोबाइल चाँडो चार्ज सक्छौँ तर यसले ब्याट्रीको लाइफ कम गरिदिनुका साथै टक टाइम र स्ट्याण्डबाई टाइम पनि कम गराएको पाइएको छ । त्यसैले मोबाइल चार्ज गर्दा आफ्नो सामान्य चार्जरले नै चार्ज गर्नुपर्छ ।
  •  चार्ज गरिसकेपछि चार्जरलाई प्लगबाट निकालेर राख्नुपर्छ। चार्जरको अवस्थाले ब्याट्रीको लाइफमा असर गर्छ ।
  •  मोबाइललाई ० डिग्री सेल्सियसभन्दा कम र ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा नराख्ने। यसले ब्याट्री चाँडो सकिन्छ । त्यस्तै मोबाइललाई सिधा घाममा पर्ने गरी पनि नराख्ने ।
  •  यसप्रकारले मोबाइलको ब्याट्रीको बचावका लागि प्रयोगकर्ताले अलिकतिमात्र ध्यान दिएमा ब्याट्री धेरै समयसम्म टिकाउन सकिन्छ र पड्किने सम्भावना पनि कम गर्न सकिन्छ ।

प्रकाशित मिति: १० असार २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्