उज्ज्वल ठकुरीले तोडे आफ्नै किर्तिमान, दोश्रो पटक लेखाए गिनिज बुकमा नाम


 


डिसी, फागुन २३
नेपाली मूलका विश्व कीर्तिमानी उज्ज्वल ठकुरीले आफ्नै किर्तिमान तोेडेका छन् ।

अमेरिकाको डिसी महानगर क्षेत्रका ठकुरीले तोल उठाउन आफैँले बनाएको किर्तिमान तोड्दै छोटो समयमा पुनः दोश्रो पटक गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाएका हुन् ।

उनले गत बर्ष २०१७ को सेप्टेम्बर २३ तारीखका दिन १३९.४९ पौण्ड ९६३.९७ केजीमा विश्व किर्तिमान गरेका थिए । उनले अर्को किर्तिमान अमेरिकाको ओहायोको टोलेड़ोमा गएर गत बर्ष २०१७ को नोभेम्बर ४ तारिख १४२.४८ पौण्ड ९६४.६३ केजीको तौल दात र शरिरमा राखेर दुवै खुट्टा फाडेर विश्व किर्तिमान गरेका छन् ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डले उनलाई गत मार्च २ तारिखमा अमेरिकामा पत्राचार गरि विश्व कीर्तिमानी भनेर घोषणा गरेको छ। यो विधा आजसम्म कसैले गर्न सकेका छैनन् ।

ठकुरीले पाँच विधाको निर्माण गर्नुका साथै तीन वटा विधामा अन्तर राष्ट्रिय पदक हासिल गरेका छन् । (फांग काता) जसमा राष्ट्रिय स्वर्ण पदक र अन्तरराष्ट्रिय स्वर्ण पदक हासिल गरेका छन् भने फांग ब्रेअकिङ्ग (किर्तिमान) जसमा विश्व टाइटल बेल्ट हासिल गरेका छन् ।

यसै गरि फ़ाङ्ग हेवी वेट उचालेर (गोडा फाडेर अधिक भार बोकेर)० यसमा विश्व च्याम्पियन बेल्ट लगायत दुई पटक गिनिज वर्ल्ड रेकर्ड बनाई नेपालीहरुको शिर उच्च बनाई दिएका छन् ।

विश्व कीर्तिमानी ठकुरी पहिलो कराते खेलाडी भएपनि एचके ली राष्ट्रिय तेक्वान्दो खेलमा स्वर्ण पदक पनि हासिल गरेका छन् । यसरी कराते खेलाडीले तेक्वान्दो खेलमा अन्तर राष्ट्रिय स्वर्ण पदक प्राप्त गरि नयाँ किर्तिमान पनि गरेका छन् ।

अहिलेसम्म ठकुरीले युएसए केएफ राष्ट्रिय खेल जुन विश्व महासंघ अन्तर्गत पर्छ त्यसमा रजत पदकको साथै युएसए मास्टर्स खेलमा दुई राष्ट्रिय स्वर्ण पदक अनि अमेरिकी किक अन्तर राष्ट्रियखेलमा एक स्वर्ण र एक रजत हासिल गरेका छन् ।

प्रकाशित मिति: २३ फाल्गुन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्