छानो उडाएपछि खुला आकाशमा विद्यार्थी


 


म्याग्दी, फागुन २४

धौलागिरि गाउँपालिका–३, मुनामा रहेको धौलागिरि आधारभूत विद्यालयको भवनको छानो हावाले उडाएपछि पठनपाठनमा समस्या भएको छ ।

फागुन २० गते राति जोडले चलेको हावाहुरीले दुईकोठे भवनको छनो उडाएको थियो । जस्तापाताको छानो हावाहुरीले उठाएपछि कक्षा ७ र ८ को पठनपाठन सञ्चालन गर्न समस्या भएको प्रधानाध्यापक मनबहादुर पुनले बताउनुभयो ।

वैकल्पिक कक्षा कोठा नहुँदा विद्यार्थी छानो उडाएकै भवनमुनि बसेर पढ्न बाध्य भएका छन् । भवन मर्मतका लागि गाउँपालिका र शिक्षा कार्यालयमा अनुरोध गरिएको प्रअ पुनले बताउनुभयो । उक्त दुईकोठे भवन ब्रिटीस वेलफेयर ट्रष्टले निर्माण गरेको थियो । रासस

प्रकाशित मिति: २४ फाल्गुन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्