मौनअवधि सुरु, के–के गर्न पाइँदैन ?


 


काठमाडौं, फागुन २७
आगामी मंगलबार हुने राष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । गएको शनिबार राति १२ बजेदखि मौनअवधि सुरु भएको हो ।

मौनअवधि निर्वाचन हुनु ४८ घण्टा अघिबाट सुरु हुन्छ । निर्वाचन सम्पन्न नहुन्जेलसम्म लागु हुने मौन अवधिमा राजनीतिक दल, उम्मेदवार, राजनीतिक दलका पदाधिकारी, नागरिक समाज र मतदाताले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्नहुन पाइनेछैन ।

यसैगरी, मौन अवधिभित्र आमसञ्चारमाध्यमले समेत निर्वाचनलाई प्रभाव पार्नेगरी कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचारप्रकाशन÷प्रसारण गर्न, मत सर्वेक्षण गर्न र त्यसको परिणाम प्रकाशन वा प्रसारण गर्न नपाइने नियम छ ।

प्रकाशित मिति: २७ फाल्गुन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्