प्रहरीको ‘स्विप अपरेशन’: एकै राति तीन दर्जन यौन व्यवसायी पक्राउ


 


काठमाडौँ, फागुन २७

महानगरीय प्रहरी प्रभाग गोँगबुको ‘स्विप अपरेशन’मा ३६ जना व्यक्ति पक्राउ परेका छन् ।

प्रभागले महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, बालाजु, गौशाला र स्वयम्भूको सहयोगमा शनिबार राति गरेको अपरेशनमा उक्त व्यक्ति पक्राउ परेका हुन् । प्रहरीले बसपार्क क्षेत्रमा सञ्चालित होटल, रेष्टुरेन्ट, खाजाघर, फ्ल्याट भाडामा लिएर यौन व्यवसाय सञ्चालन गर्नेलाई पक्राउ गरेको हो ।

प्रभागका प्रमुख प्रताप पौडेलले १२० प्रहरीको सहयोगमा गरिएको अनुसन्धानमा पक्राउ परेकालाई थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । “हामी अनुसन्धान गर्छौं, अनुसन्धानमा गल्ती देखिए मुद्दा चलाउँछौँ,” उहाँले भन्नुभयो । रासस

प्रकाशित मिति: २७ फाल्गुन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्