प्रदेश २ को संसद बैठक किन भयो स्थगित ?


 


जनकपुर, फागुन २७
प्रदेश नम्बर २ को आज बस्ने भनिएको संसद बैठक सूचना टाँस गरेर स्थागित भएको छ । आज दिउँसो १ बजेका लागि बैठक तय गरिएको भएपनि विधेयक दर्ता हुन नसकेकाले बैठक बस्न नसकेको हो ।

आजको प्रदेशसभा बैठकमा आर्थिक कार्यविधि विधेयक माथी छलफल गर्ने तयारी गरिएको थियो । अब अर्को बैठक चैत ६ गते बस्ने तय गरिएको प्रदेश संसद सचिवालयले जनाएको छ ।

सचिवालयकाअनुसार आगामी बैठकमा प्रदेशसभा नियमावली सम्बन्धी विधेयक र आर्थिक कार्यविधि विधेयकलाई संसदमा प्रवेश गराउने तयारी छ ।

प्रकाशित मिति: २७ फाल्गुन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्