बढी श्रृंगार गर्ने महिलामा हुन्छ यस्तो कमजोरी, के भन्छ अध्ययनले ?


 


एजेन्सी
एक अध्ययनले बढी श्रृंगार गर्ने महिलामा एक राम्रो नेतृत्व गर्ने क्षमता कम हुने गरेको पाइएको छ ।

‘द जर्नल परसेप्शन’ नामक एक पत्रिकामा प्रकाशित अध्ययनअनुसार प्रायः अधिक श्रृंगार गर्ने महिलाको नेतृत्व क्षमताको धारणाप्रति नकारात्मक विचार रहने गरेको हुन्छ ।

एक नयाँ शोधअनुसार श्रृंगारले महिलालाई उनको प्रभुत्वमाथि प्रभावित गर्दैन । अध्ययनका क्रममा श्रृंगार गरेकी महिला र बिना श्रृंगार गरेकी महिलाका तस्बीर सार्वजनिक गरिएको थियो ।

निश्कर्षमा महिला वा पुरुष आफ्नो विचार वा सोचमा श्रृगार गरेकी महिलाको अनुहार देखेर नै उनीहरुले महिलाको नेतृत्वप्रति नकारात्मक सोच बनाएका थिए ।

प्रकाशित मिति: २८ फाल्गुन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्